पर्यटन प्रर्वद्धनको लागि कोरियामा नेपाल डे सम्पन्न
नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी गैर आवासिय नेपाली संघ (एनआरएन) कोरिया र नेपाली विद्यार्थि समाज (सोनसिक) को संयुक्त आयोजनामा आइतबार दक्षिण कोरियामा नेपाल डे मनाए । नेपाली दुताबास दक्षिण कोरिया र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित सो दिवस सउलको केन्द्रविन्दु मानिने ख्वंइ०हामुनमा सयौ नेपालीहरु जम्मा भएर नेपाली कला र संस्कृती प्रदर्शन गर्दै मनाएका छन् ।
विभिन्न जात जातिको मौलिक भेषभुसामा सजिएर , मादल, सारंगी, झाम्टा र ढम्फु जस्ता सांस्कृतीक बाद्यबादन बजाउदै रयाली सम्पन्न गरेका थिए । ३७ डिग्री तामक्रममा प्रचण्ड गरमीको बाबजुद पनि कोरियाका विभिन्न ठाउँबाट नेपालीहरु सउलमा भेला भएर करिब १ किलोमिटर पैदल हिडेका थिए । सगरमाथा, लुम्बिनी, भक्तपुर र पाटन दरवार जस्ता पर्यटकीए स्थलहरुको पोष्टरहरु प्रदर्शन गर्दै नेपाली गीत संगीतको धुनमा रयाली सम्पन्न गरिएको थियो ।
कार्यक्रममा कौडा, साकेला, सेलो जस्ता विभिन्न सांस्कृतीक नृत्यहरु प्रस्तुत गरिएको थियो । स्टल मार्फत नेपाली कला र संस्कृती झल्कने सामग्री र नेपाली खान पीनको प्रदर्शन गरिएको थियो ।
समारोहमा राजदूत अर्जुनजंग बहादुर सिंहको प्रमुख आतिथ्य र एनआरएन हइ०कइ०का अध्यक्ष टिका गुरुइ०को विषेश आतिथ्य रहेको थियो । नेपाल सम्र्पक समिती, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ , महिलाका लागि महिलालगायत विभिन्न राजनितिक, क्षेत्रिय, जातिय र सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सउल महानगरपालिकाको सहयोगमा समारोह सम्पन्न गरिएको थियो ।