यस वर्षको दोस्रो सिविटी परिक्षाको आवेदन खुल्यो
पुन कोरिया आउन पाइने विषेश कोरियन भाषा परिक्षा (सिविटी ) को आवेदन र्फम भोली जुलाई २४ तदानुसार श्रावन ८ गतेदेखि खुला गरिएको इपिएस शाखा ग्वार्कोले जनाएको छ । आवेदन श्रावन १० गतेसम्म बुझाउन सकिने छ ।
अगष्ट २० तारिख परिक्षा तालिका घोषणा गरिने छ । अगष्ढ २९ मा गरिने परिक्षाको नतिजा भने अक्टोबर ८ तारिख सार्वजनिक गरिनेछ । ईपीएस. अन्तर्गत कोरियामा काम गरी सन् २०१० जनवरी १ पश्चात भिषा अवधिभित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरुले सो परिक्षाको आवेदन दिन पाउने छन् । आवेदक कोरियामा इ नाइन र इ टेन भिषामा पाँच वर्षभन्दा बढी नबसेको हुनु पर्ने छ ।
एचआरडी कोरियाबाट प्राप्त नामावलीमा रहेकाहरुले मात्रै यो परिक्षा दिन पाउने प्रावधान रहेको छ । कोरिया बसाईमा के टपिक लेभल ३ पास गरेका र शिपविकास तलिम लिएकाहरुले प्रमाणपत्र पेश गरे परिक्षा शुल्क मिनाह तथा थप ५ अंक बोनसमा पाउने प्रावधान पनि रहेको छ ।