नेपाल मगर संघ थेगु शाखाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कुमार गर्बुजा।
– चिरन थापामगर, थेगु
नेपाल मगर संघ गणतन्त्र काेरिया थेगु शाखाकाे प्रथम अधिबेशन अाइतबार थेगुमा सम्पन्न भएकाे छ। उक्त अधिवेशनले कुमार गर्बुजा मगरको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष– ज्ञानु श्रीस मगर, उपाध्यक्ष– स्वरूप कुमार थापा मगर, महासचिव–चिरन थापा मगर, सचिव– खडक घर्ती मगर, कोषाध्यक्ष– चन्द्र थापा मगर, सह–कोषाध्यक्ष– जीवन बुढ़ा मगर तथा संघमा आवद्ध सबै क्रियाशील सदस्य रहने गरी ४९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नव गठित समितिको पहिलो बैठकबाट सल्लाहाकारहरू मनोनयन गर्ने र अन्य नयाँ सदस्यहरू थप्दै जाने गरी कार्यसमितिलाई खुला राखिएको छ ।
प्रवासी भूमी दक्षिण कोरियाको थेगु क्षेत्रमा विभिन्न कारणले रहेका मगर दाजुभाई तथा दीदीबहिनीहरूलाई एकत्रित गरी प्रवासमा आपसी भाईचारा, सद्भाव वृद्धि गर्ने , प्रवासी भूमीमा आई पर्ने बिभिन्न समस्याहरूलाई मिलेर सामना गर्दै , आफ्नो कला, धर्म, भाषा , संस्कृतिको संरक्षण र संवर्धनमा टेवा पुराउने उद्देश्यका साथ स्थापना गरीएको नेपाल मगर संघ गणतन्त्र कोरिया थेगु शाखाको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न भएको हाे ।
कार्यक्रम निवर्तमान अध्यक्ष शालिकराम पुलामि मगरको सभापतित्व, नेपाल मगर संघ कोरियाका उपाध्यक्ष नगेन्द्र मगरको प्रमुख आतिथ्यता , किम्हे बुसान शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार भीषण पुर्जा मगरको बिशिष्ट अातिथ्यतामा भएको थियाे। उक्त कार्यक्रममा थेगु र थेगु क्षेत्र वरिपरी क्रियासिल रहेका नेपाल परोपकार समाज , वेगन नेपाली साथी समूह, स्यांजा परिवार , ख्यांसान माईग्रेन सेल्टर , वेगन नेपाली सेल्टर, थेगु सेल्टर, सोलखुम्बु समाज, विश्वकर्मा समाज कोरिया लगायत विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको थियो ।
मगर तथा ग़ैर मगर नेपालीहरुको उपस्थितिमा भएको कार्यक्रममा संघका महासचिव चिरन थापा मगरले हालसम्म संघले गरेको बिभिन्न गतिविधिहरुको प्रगती प्रतिबेदन र कोषाध्यक्ष चन्द्र थापा मगरले संघको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।