नेपकोरले फेरि नचाउँदै, जुलाई २८ मा ‘समर बास डान्स’ पार्टी हुदै
हरेक बर्ष मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको नेपकोर समूहले जुलाई २८ मा अमेरिकन, कोरियन र नेपाली महिला डिजे सहितको ‘समर बास डान्स पार्टी’ गर्ने भएको छ । सो समयमा दक्षिण कोरियाको धेरै कम्पनीमा गर्मी बिदा हुने भएकोले नेपाली युवाहरुलाई रमाइलो गर्ने उदेश्यले कार्यक्रम गर्न लागेको आयोजक जनाएको छ ।
दक्षिण कोरियामा नेपालीहरुले बास डान्स पार्टी गरेका छैनन् । यो डान्स पार्टी नेपालीहरुका लागि पहिलो पटक हुनेछ । त्यसैले पनि बास डान्स पार्टी मनोरञ्जनात्मक हुने आयोजकले बताएका छन् । कार्यक्रममा कोरियाका डिजे नोस, डिजे बो रा हुनेछन् । नेपाली डिजेहरु बिट र नोट्टी तथा अमेरिकन डिजे म्याक डुलीले बेलुकी नौ बजेबाट आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् ।
नेपकोरले अघिल्ला बर्षहरुमा बिभिन्न डान्स पार्टी गरेर नेपाली युवा युवतीलाई अन्तराष्ट्रिय स्तरको कार्यक्रम प्रस्तुत गरिसकेको छ । साथै गत बर्ष नेपालका चर्चित रक पप गायक रबिन तामाङ र मन्त्र ब्याण्डले नेपकोर नाइट लाईभ कन्सर्ट पनि गरेको थियो ।
कोरियामा रहेका नेपाली युवाहरुको विशेष आग्रहमा नयाँ र नौलो कार्यक्रम गर्न प्रेरित गरेको नेपकोरले जनाएको छ । एकैखालको कार्यक्रम गर्दा रमाइलो नहुने भएकोले युवाहरुको चाहना अनुसार नयाँ नयाँ डान्स पार्टीको आयोजना गरिरहेको जनाएको छ ।
समर बास डान्स पार्टी तोङ्देमूनको न्यू छन्जी होटलमा हुने छ भने प्रवेश शुल्क १५ हजार वोन राखिएको छ । कोरियामा रहेका युवाहरुलाई डान्स पार्टीमा आइ मनोरञ्जन लिन आयोजकले अनुरोध गरेको छ ।