आफ्नो देशभन्दा धेरै टाढा रहेर पनी नेपाली गित संगीतप्रतिको मायालाई उतिकै प्रगाद बनाउनलाई हाल बैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरियामा कार्यरत पुष्प तामाङले सुमधुर स्वरमा सजाएर आधारातमा ब्युँझि हेरेँ पुर्णिमाको जुनलाई मर्मस्पर्शी तथा प्रेम भाब बोल्ने गित सार्वजानिक गरेका छन। यस गितमा आफ्नो प्रियसि अर्थात परिवारलाई छोडेर बिदेशिदाको पिडालाई मार्मिक रुपमा प्रस्तुत गरेको पाइन्छ ।
जनता डिजिटलको ब्यानरमा बनेको उक्त गितमा शब्द तथा संगीत पनि दक्षिण कोरियामा कार्यरत अहिलेका निक्कै ब्यस्त गायक तथा संगीतकार कृष्ण कुमार राईले संगीत गरेका छन भने यस गितलाई कृष्ण भक्त राईले एरेन्ज गरेका छन । अडियो भिडियो तथा पोष्ट प्रडक्सन जनता डिजिटलकै रहेको छ । मुकेस हुमागाँईले खिचेको उक्त गितलाई अमृत चापागाँईले संपादन गरेका छन ।
निश्चल के. सीको निर्देशन रहेको गितमा शिल्पा पोख्रेल र शिशिर क्षेष्ठले मनमोहक अभिनय गरेका छन ।