कोरियामा आज १ सय ११ वर्षपछिको सबैभन्दा बढी गर्मी


दक्षिण कोरियामा यस वर्ष गर्मी दिन प्रतिदिन बढ्दो छ । सउलको तापमान आज सबैभन्दा बढी ३९.६ पुगेको छ । सन १९०७ सालपछि यस वर्ष १ सय ११ वर्षपछि सउलको सबैभन्दा उच्च तापमान पुगेको कोरियन मौसम विज्ञान कार्यलयले जनाएको छ ।

कोरियाको दक्षिणी पश्चिमी भेगमा उच्च तापक्रम हुने गरेता पनि उत्तरी तर्फ रहेको सउलमा भने केही कम तापक्रम हुने गरेकोमा यस वर्ष कोरियाको प्राय स्थानमा ४० डिग्री तापमान पुगेको छ।

उच्च गर्मीकै कारण यस वर्ष हालसम्म कोरियामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । त्यस्तै गर्मीका कारण गत वर्षभन्दा ७७ प्रतिशत विरामीको संख्या बढेको छ ।

उच्च गर्मीकै कारण घरमा राखेका अण्डाबाट चल्ला निस्केको रोचक समाचार पनि सार्वजनिक भएको छ ।  मानिसहरु एयरकोन र पंखाको अत्यधिक प्रयोग भएकाले विद्युतको माग पनि उच्च हुन पुगेको छ । बाटोमा गुढी रहेको कारमा आगलागी भएका छन् ।

सडकमा मोटरबाट पानी छर्ने गरेका छन् । गर्मीकै कारण कुखुरा र माछा र गाई जस्ता घरपालुवा जनवारको मृत्यु भएको छ । मानिसहरु समुन्द्र किनार , पहाड र पार्कमा शितल खोज्दै भौतारिन थालेका छन् । युवा युवतीहरु हातमा मिनी पंखा लिएर हिड्ने गरेका छन् ।

सरकारले तातो हावाको वेभबाट बच्न सार्वजनिक आवहान समेत गरेका छन् । विद्युतको प्रयोग धेरै भएकाले शुल्कमा केही राहत दिन माग पनि गरिएको छ ।

आजकाल कोरियामा गर्मी विदा शुरु भइ सकेको छ । कार्यलय अनुसार ३ देखि ९ दिनसम्म गर्मी विदा दिएका छन् । कोरियामा कार्यरत नेपाली कामदारहरु पनि गर्मी विदा मनाउन समूहमा समुन्द्र किनार, पहाड जस्ता रमणिय पर्यटकिय स्थान तिर रमाउने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...