कपिलवस्तुमा एसवाई प्यानल नेपालको पहिलो डिलर कार्यालय


कपिलवस्तुमा  एसवाई प्यानल नेपालको डिलर बुद्धभूमि एसवाई प्यानल सप्लायर्सको  कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

बुद्धभूमि एसवाई प्यानल सप्लायर्स एसवाई प्यानलको ४३ वटा डिलरहरुमध्ये स्यान्डविच प्यानलकै कार्यलय बनाएर औपचारिक उद्घाटन गर्ने पहिलो डिलर हो । बुद्धभूमि नगरपालिका गुरुसिंगे-२ मा गत शुक्रबार बिहान ११ बजे  सुरु भएको उद्घाटन कार्यक्रममा उक्त नगरपालिकाका मेयर केशब श्रेष्ठ र एसवाई प्यानल .को.एल.टि.डीका निर्देशक छे दोङग इलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

 नगरपालिकाका मेयर केशब श्रेष्ठले  शुभकामना दिंदै एसवाई प्यानलको बारेमा आफुले जानकारी लिईरहेको तथा नगरपालिकामा यस प्यानलको बारेमा छलफल गर्ने बताउनुभयो । त्यस्तै एसवाई प्यानल नेपालका कोरियन निर्देशक छे दोङग इलले बुद्धभूमि एसवाई प्यानल सप्लायर्सलाई शुभकामना ब्यक्त गर्दै डिलरको बजार विस्तारमा एसवाई प्यानल नेपालले सक्दो सहयोग गर्ने बताए ।

 बिगत ४ बर्ष देखि बिभिन्न घरहरु निर्माण गर्दै आएका बुद्धभूमि एसवाई प्यानल सप्लायर्सका प्रोपाइटर समिर खनालले कपिलवस्तुमा कोरियन प्रबिधिद्वारा तयार गरिएको एसवाई प्यानलले तिब्रगतिमा बजार लिने बिश्वास ब्यक्त गरे ।  उक्त कार्यक्रममा  नगरपालिकाका मेयर केशब श्रेष्ठ ,एसवाई प्यानल नेपालका कोरियन  निर्देशक छे दोङग इल ,एसवाई प्यानल नेपालका महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फे ,व्यवसायीहरु तथा समाजसेवीहरु सहभागी भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने
  • कोरियाबाट राम शर्माको “किन रुन हुन्न मर्दले” सार्वजनिक [भिडियो सहित]
  • सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...