जनजाति महासंघले गर्यो २४ औ आदिबासी दिवसमा गरिएको कार्यक्रमको समिक्षा
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले २४ औ आदिबासी दिवसमा गरिएको कार्यक्रमको आइतबार सउलमा समिक्षा गरेको छ । उक्त समिक्षा बैठकमा दक्षिण कोरियामा भएका जनजाति संस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।
समिक्षा कार्यक्रममा जनजाति महासंघले गरेको कार्यक्रम सफल भएको सबै संस्थाका प्रतिनिधिहरुको ठहर रहेको थियो । नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले कार्यक्रम सफल भएपनि जनजातिका सवालमा वत्ताहरुले बोल्न नसकेको बताएका थिए । जनजाति महासंघ दक्षिण कोरियाका सल्लाहकार चित्रबहादुर मोक्तानले जानजाति दिवसलाई अदिबासीका अधिकारका लागि आन्दोलनको रुपमा मनाउनु पर्ने बिचार राखे ।
नेपाल मगर संघ, थारु कल्याणकारी सभा, नेवा पुचः, किराँतराई यायोक्खाका प्रतिनिधिहरुले पनि आफ्नो बिचार राखेका थिए । जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले सबैको सल्लाह सुझाबले आगमी बर्षका कार्यक्रमहरु सफल पार्न सहयोग हुने बताइन । ‘धेरै जनजातिका सवालमा मैले पनि सिक्न बाँकी नै छ । यो महासंघ भनेको हाम्रो साझा घर भएकोले प्रत्येक कार्यक्रम सफल र असफल हुँदा सबै जानजाति संघसंस्थाको समान भागिदार हुन्छ ।’ उनले भनिन् ।
नेपाल लगाएत विश्व भरिका आदिबासीहरुले ९ अगष्टमा आदिवासी दिवस मनाउने भए पनि दक्षिण कोरियामा भने धेरैको आइतबार बिदा हुने भएकोले अगष्ट ५ मै कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका १२ वटा आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।