कोरियामा तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ हुने
कोरियाली महान चाड छुसकको अवसर पारेर गुनसान नेपाली समाजले तेस्रो गुनसान नेपाल कप फूटबल प्रतियोगिता – २०१८ (3rd GUNSAN NEPAL CUP FOOTBALL TOURNAMENT-2018) को आयोजना गर्ने भएको छ । दक्षिण कोरियामा विविध पेसा, व्यवसायमा आबद्ध रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमाझ आपसी सद्भाव, भ्रातृत्व र एकता विकास गर्ने उद्देश्यका साथ विगत तीन वर्षदेखि आया्ेजना गर्दै आएको गुनसान नेपाल कप फुटबल प्रतियोगिता – २०१८ को टिम दर्ता आह्वान सम्बन्धी सूचना जारी गरेको छ । दक्षिण कोरियामा रहेका विविध नेपाली संघ-संस्थाहरू माझ पृथक पहिचानका साथ परिचित, गुनसान नेपाली समाजले सर्वप्रथमतस् सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता सभ्य एवम् भव्य रुपमा आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्दै आएको छ ।
विदेशी भुमिमा व्यस्तताका बाबजुद पनि फुटबललाई माया गरी खेल-विकासमा योगदान पुर्याउनुहुने खेलप्रेमी खेलाडी साथीहरूको भावनालाई उच्च कदर गर्दै आयोजना गरिने फुटबल प्रतियोगिता छुसकको पहिलो दिन सेक्टेम्बर २३ तारिखका दिन दक्षिण कोरियाको झल्लाबुक्दो, गुनसान स्थित ओसिक्दो दोङ्गको २ वटा खेलमैदानमा खेल संचालन हुने भएको छ ।
उक्त प्रतियोगितामा बिजेता टोलीलाई ३० लाख कोरियन वोन तथा उप-बिजेतालाई १५ लाख कोरियन वोन साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा उत्कृस्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोलरछकलाई ट्रफी, मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिनुका साथै प्रत्येक खेलबाट पनि MAN OF THE MATCH बन्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र द्वारा सम्मान गरिने छ भने अनुसासित टोलि तथा उत्कृस्ट व्यवस्थापकलाई पनि सम्मान गरिने भएको छ ।
त्यस्तै उक्त प्रतियोगितामा आउनुहुने सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरुलाई गुनसान नेपाली समाजको तर्फबाट नेपाली खानाको निसुल्क व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनुहुने फुटबल टिम तथा सस्थाहरुले यहि अगस्ट २५ देखि सेक्टेम्बर १५ तारिखसम्म टिम दर्ता गरिसक्नु पर्ने छ भने सेक्टेम्बर १६ तारिख खेलको टाइसिट गरिने छ ।
टिम दर्ता सथौ अन्य बिस्तृत विवरणको लागि सम्पर्क:
Entry Date – 25th august 2018 to 15th September 2018
Match Draw date – 16th September 2018
१। अमित योङहाङ लिम्बू -अध्यक्ष, 010-58082127
२। पदम धामी ‘पाइला’ -सचिव, 010-55126256
३। नबिन थापा (Entry Enquiry) – 010-76141466
४। संजिव श्रेष्ठ, 010-79303051