NRNA कोरिया बुसानको नेतृत्वमा उमेश मेवाहाङ्ग राई
गैर आवासिय नेपाली संस्था (एनआरएन)कोरियाको क्षेत्रीय कमिटी बुसान शाखामा उमेश मेवाहाङ्ग राईलाई अध्यक्ष पदमा नियुक्ति गरिएको छ। कार्यसमितिका तत्कालीन अध्यक्ष कुबिर लिङ्देनको कोरिया बसाइ अवधी सकिएर नेपाल फर्किनु पर्ने भएकोले गत आइतबार बसिएको पद विस्तारित बैठकद्वारा वरिष्ठ उपाध्यक्ष पदमा रहेका उमेश मेवाहाङ राईलाई सर्बसहमती अध्यक्षमा नियुक्त गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा निर्मला खड्का, उपाध्यक्षमा निमा शेर्पा, महासचिबमा दिनेश पाठक साथै कोषाध्यक्षमा खेम काउछा मगर र सदस्यमा मिलन लिम्बू , अमर राई र आशिष शाह चयन भएका छन् । निवर्तमान अध्यक्ष कुबिर लिङ्देनलाइ पुनर्गठित कार्यसमितिले दोसल्ला ओढाइ सम्मान सहित बिदाइ गरेको थियो।
पदभार ग्रहणपछि उमेश मेवाहाङले आफुले एन आर एन कोरिया केन्द्र सौल साथै बुसान किम्हे क्षेत्रका सघ सस्थाहरु सङ्ग समन्वय गर्दै सम्पुर्ण नेपाली समुदायको हितको लागि सामाजिक कार्यमा सकृयताका साथ काम गर्दै एन आर एन बुसानलाइ थप उचाइमा पुर्याउने प्रतिबद्दता ब्यक्त गरे । साथै, कोरियाको दोस्रो ठूलो सहर बुसान क्षेत्रका नेपालीहरुको ठूलो सस्थाको नेतृत्वमा यस क्षेत्रका सम्पुर्ण नेपालीहरुले आफुलाइ बिस्वासका साथ चयन गरेकाले इमान्दारपुर्ण आफ्नो कर्तब्य पूरा गर्ने कुरा ब्यक्त गरे ।