छुसक डान्स पार्टीको पोस्टर सर्वजनिक
राम तामाङ
KHYANG-BU GUYS द्वारा छुसक डान्स पार्टीको एक कार्यक्रम गरि पोस्टर सर्वजनिक गरेको छ । गत आईतबार ख्याङ्नाम प्रान्तको किम्हेमा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा डान्स पार्टीको आयोजक समितिका संयोजक सुजित घिसिङले युवाहरुका लागि गरिएको कार्यक्रमबाट मनोरञ्जन र सामाजिक सेवा दुबै हुने भएकोले किम्हे, बुसान क्षेत्रका सबैलाई डान्सपार्टीमा आउन आग्रह गरे । डान्सपार्टीबाट उठ्ने रकमबाट तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानले सेल्टर स्थापना गर्ने योजना रहेको छ ।
उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बुसान, एनआरएनए किम्हे, एनसिसि, बुसान, मगर संघ किम्हे बुसान, किराँत याक्थुङ चुम्लुङ बुसान, अप्रावासी महिला संघ, बुसानका प्रतिनिधि उपस्थित थिए । उनीहरुले डान्स पार्टीलाई सहयोग रहने प्रतिबद्धता समेत जनाएका थिए ।
पोस्टर सर्वजनिक कार्यक्रम तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानका महासचिव मिलन तामाङले संचालन गरेका थिए भने अध्यक्ष बिश्वास ब्लोनको सभापतित्वमा कर्यक्रम सम्पन्न भएको थियो ।