उत्तर कोरियाद्धारा २ दक्षिण कोरियन नागरिकलाई आजीवन कैंद
ऐश्वर्य श्रेष्ठ,सोल- उत्तर कोरियाले दक्षिण कोरियाका २ जना कैंदीलाई आजीवन कैंदको घोषणा गरेको छ ।उत्तर कोरियाका सञ्चारमाध्यमहरुले बताए अनुसार मंगलबार ती दुई कैंदीलाई उत्तर कोरियामा भैंरहेको सम्पुर्ण गतिविधिको निगरानी गरीरहेकाले आजीवन कैंद सजायको फैंसला गरेको हो ।
उत्तर कोरियाको केन्द्रिय प्रसारणले जनाए अनुसार किम कुक गी र चोई चुन गीललाई दक्षिण कोरियाको गुप्तचर रही जासुसी गरेको आरोपमा आजीवन कारावासको फैंसला गरेको जनाएको छ ।उत्तर कोरियाको सर्वोच्च अदालतले ती दुई कोरियन नागरिकलाई उत्तरकोरियाको जासुसी गरेको भन्दैं पक्राउ गरिएको थियो ।
४ जना पक्राउ परेका दक्षिणका नागरिक मध्ये २ जनालाई भने कैंदमा राखिएको छ ।उत्तर कोरियाले ती कोरियन नागरिकहरुलाई गत मार्चमा जासुसीको आरोपमा पक्राउ गरेको थियो ।दक्षिण कोरिया सरकारले भने आफनो नागरिकलाई सो सजाय नदिन आग्रह गर्दै रिहाको माग गरेको थियो ।