काभ्रे र धादिङले गर्न लागेको रिदम लाइभ कन्सर्टको तयारीको बारेमा गर्यो पत्रकार सम्मेलन : एस २४ लाईभ हलमा कन्सर्ट हुने
काभ्रे सम्पर्क समिती दक्षिण कोरिया र धादिङ समाज दक्षिण कोरियाले आइतबार पत्रकार सम्मेलन गरि छुसकमा गर्न लागेको संस्कृतिक कार्यक्रमको तयारिका बारेमा जानकारी गराएको छ । दुबै संस्थाले संयुक्त रुपमा सेप्टेम्बर २४ तारिखमा कार्यक्रम गर्नेछ ।
दक्षिण कोरियाको राम्रो मानिएको एस २४ लाइभ कन्सर्ट हलमा संस्थाले कार्यक्रम गर्न लागेको छ । एक हजार सिट भएको हलमा दुई हजार भन्दा बढि दर्शक उभिएर कार्यक्रमको मज्जा लिन सक्छन् । सोही हलमा कोरियाको चर्चित व्यान्ड केपप, फ्रान्सको चर्चित व्यान्ड फोनिक्स, रक मेटल ब्यान्ड जुडास प्रिस्ट लगाएतका विश्व चर्चित व्यान्डहरुले प्रस्तुति दिएका छन् । गत बर्ष विपुल क्षेत्रीको सन्सर्ट पनि सोही हलमा भएको थियो ।
‘अन्तराष्ट्रिय स्तरको हल हो । यसबाट नेपाली दर्शकले साँच्चिकै अन्तराष्ट्रिय स्तरको कन्सर्ट कस्तो हुन्छ भन्ने जान्न सक्छन् ।’ आयोजक समितिका सदस्य तथा काभ्रे सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष सानु लामाले भने । ‘नेपालबाट दिपक बज्रचार्यको रिदम ब्यान्डका साथै अन्य कलाकारहरु आउँदै हुनुहुन्छ । यो विदाको राम्रो सदुपयोग हुनेछ भन्ने हामीले आशा लिएका छौ ।’ उनले थपे ।
‘दुईवटा संस्था मिलेर गर्न लागिएको कार्यक्रमको तयारी राम्रो छ । यसबाट हुने आम्दानीबाट हामीले काभ्रे र धादिङका विकट ठाउँलाई हुने गरि एक एकवटा एम्बुलेन्स किन्ने योजना बनाएका छौ ।’ धादिङ समाज दक्षिण कोरिया अध्यक्ष सन्तोष अधिकारीले भने । ‘दुईवटा संस्थाले नाफा घाटा जे भए पनि आधा आधा गर्ने सहमति गरेका छौ । हामी मिलेर काम गर्छौ ।’ उनले प्रतिवद्धता जनाए ।
कन्सर्टका लागि नेपालबाट दिपक वज्रचार्यको रिदम ब्यान्ड संगै कलाकारहरू राजा राजेन्द्र पोखरेल, अञ्जली अधिकारी, रक्षा श्रेष्ठ, बबिता बानियाँ जेरि, पुर्णिमा लामा आउँदैछन् । कार्यक्रममा कोरियामै भएका कलाकारले समेत दर्शकको मनोरञ्जन गराउनेछन् ।