ए–प्लाष्टिक एनेमिया रोगबाट पीडित पत्रकार बिजय रानालाइ काेरियाबाट सहयाेग हस्तान्तरण।
ए–प्लाष्टिक एनेमिया नामक रोगबाट पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष तथा प्रगतिशील पत्रकार संघ नेपाल बागलुङका सचिव विजय रानाको उपचार सहयोगार्थ दक्षिण कोरियाबाट १ लाख १८ हजार ६ सय ५९ रूपयाँ प्रदान गरिएकाे अार्थिक सहयाेग संकलन अभियन्ता बिदुर शर्माले बताएका छन्।
उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा शिखरन्युज डटकमका सम्पादक उदय जीएमले आज पत्रकार रानालाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरणका अवसरमा सुरेन्द्र शर्मा चालिसेको पनि सहभागिता रहेको थियो ।
“ए–प्लाष्टिक एनेमिया” (रगत उत्पादन नहुने) रोगबाट ग्रसित रानाको उपचारमा हालसम्म २४ लाख रुपैयाँ खर्च भइसकेको छ । उनको उपचारका लागि रोजगारीका सिलसिलामा विभिन्न देशमा गएका दानवीरहरुले विशेष सहयोग संकलन गरी पठाउने क्रम जारी रहेको छ । यसक्रममा वैदेशिक रोजगारको सिलसिलामा जैमिनी नगरपालिका वडा नं ७ जैदीबाट दक्षिण कोरिया पुगेका युवाहरुको विशेष सक्रियतामा उक्त रकम संकलन भएको हो । बाग्लुङ सम्पर्क समिति दक्षिण कोरिया र कोरियामा रहेका नेपाली समुदायहरुको सहयोगका साथै नेपाली एकता समाज दक्षिण कोरियाको संयोजनमा उक्त रकम संकलन गरिएको हो ।
दक्षिण कोरियामा रहेका सहयोग संकलनका अभियन्ता विदुर शर्माले आफ्नो गास कटाएर भए पनि एउटा पत्रकारको जीवनरक्षाका लागि सहयोगी बन्न पाएकोमा कोरियावासी नेपालीहरु खुशी भएको बताए । उनले भने, “धेरै कम मानिसमा देखिने यो रोग आफ्नै गाउँठाउँको मानिसलाई लाग्दा निकै दुःख लाग्यो । यहाँ अभियान सञ्चालन गरेर होस्टेमा हैंसे गर्न पायौं, यसमा आत्मसन्तुष्टि मिलेको छ ।”
पत्रकार विजय राना बागलुङबाट प्रकाशित हुने परिसूचन साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् । लामो समयदेखि उनी राजधानीस्थित सिभिल हस्पिटलमा उपचाररत छन् ।
प्राप्त सहयोग विवरण
1) बिदुर शर्मा 50000won
2)राम प्रसाद शर्मा 50000won
3)नगेन्द्र थापा मगर 50000won
4)सन्जित साह सुनसरी 50000won
5)बिनोद थापा 30000won
6)सुरेन्द्र केसि पौडेल 25000won
7)प्रेम सागर पौडेल 25000won
8)दिपक गिता पौडेल 25000won
9)देव साही 20000won
10)जितु मगर 20000won
11) शक्ति शर्मिला 20000वोन
12)बिष्णु अर्याल 20000won
13)पासाङ डेन्डु शेर्पा 20000won
14)श्याम थापा जैमिनी ७- 30000won
15)दिपक पौडेल जै•५ बिनामारे 20000won
16)योगेन्द्र राज आचार्य 20000won
17)बिरु कार्की 20000 won
18) धनुस मगर न.प. 10000won
19)हेमन्त गायक पोखरा 20000वोन
20) नारायण सुबेदि 30000won
21)नरेश शर्मा 30,000won
22)बल बहादुर राना 50000 won
23)सुवास लामिछाने 50000won
24) रमेश जिसी 25000won
25) सुरेस बानिया पोखरा 30000won
26)होबिर दर्लामी मगर स्याङ्जा 20000won
27) आरपी देवकोटा न.प. 20000won
28)जितन भाइ श्रीस 20000 won
29)शुशिल नेपाली 30000won
30)राम थिङ मकवानपुर 20000won
31) जगेन्द्र थापा 20000 won
32) अप्त पुन मगर 30000won
33)यम श्रीस मगर 20000won
34)नवीन काला मगर हरिचौर 30000won
35) सरोज थापा मगर जै.७ बागलुङ 20,000 won
36)बिकास बिक पोखरा 30000won
37)सुमन राना बिहारथाला 30000won
38) महेस पौडेल जै.७ बाग्लुङ 20000won
39)महेन्द्र शर्मा जैमिनी ७बाग्लुङ 20000won
40) जिवलाल शर्मा पाही 25000won
41)नवराज पौडेल जै.७धुल्लु 30000won
42)मुक्ती सुवेदी जैमिनी ७ बाट 20000won
43)अमृत वाग्ले जैमिनी ७ बाट 15000won
44)नारायण वाग्ले जैमिनी ७बाट 15000won
45) भुवन ढुंगाना जैमिनी ७ बाट 20000won
सहयाेगी सबैलाइ संयाेजक बिदुर शर्माले धन्यवाद प्रदान गरेका छन्। कुल संकलित रकम 1175000krw
GME मार्फत नेपाल पुगेको रकम रु 118659
(एक लाख अठार हजार छ सय उनान्साठी रुपैया मात्र)