दक्षिण कोरियामा कमाइ उत्पादमुलक क्षेत्रमा लागानी गर्नुस : कांग्रेस नेता प्रदीप पौडेल 


नेपाली काग्रेसका युवा नेता प्रदीप पौडेलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन । दक्षिण कोरियाको राजधानी सउलमा आइतबार भएको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
पौडेलले जनतालाई सरकारले नागरिकता मात्र दिएर राज्यको दायित्व पुरा नहुने बताए । ‘ जनतालाई गुणस्तरीय शिक्षा, राम्रो उपचारको व्यवस्था पनि हुनु पर्छ  ।  दक्षिण कोरियाको कामदारको जीवनशैली खाडीको भन्दा राम्रो भएको साथै नेपाली यहाँ आउँदा जिटुजी सम्झौता मार्फत आएकोले सजिलो छ । अब अरु देशमा पनि कोरियाकै शैलीमा विदेश पठाउनु पर्छ । यसरी आफ्नो कमाइ देशमा पठाउने नेपालीलाई मतदान गर्ने अधिकार दिनु पर्छ ।’ उनले भने ।
अर्का कांग्रेसका नेता तथा सांसद मिन विश्वकर्माले अहिलेको सरकारले संविधानलाई एक पछि अर्को गर्दै मिच्दै गएको बताएका छन । उनले देश विकासमा निजी क्षेत्रलाई अगाडि ल्याउनु राम्रो भएको भन्दै कांग्रेसले सरकारी कम्पनीहरु बन्द नगरेको नभई देशले घाटा व्यहोरिरहेको कम्पनी निजीकरण गरेको प्रष्ट बताए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च दक्षिण कोरियाका अध्यक्ष परशुराम सापकोटाले राजनीतिमा लागेका युवाहरु मिलेर किन काम गर्न नसकेको भनि प्रतिप्रश्न गरे । अर्का वक्ता जन प्रगतिशिल मञ्च कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका समेत निभाउन नसकेको बताए । उनले प्रतिपक्षलाई राम्रो काममा सहयोग गर्न र नराम्रो काममा विरोध गर्न सुझाव दिए । कोरियाको प्रसंग झिक्दै मगरले यहाँको राजदुत राजनीतिक कार्यक्रममा नआउनु राम्रो नभएको बताए । राजदुतलाई कसैलाई काखा कसैलाई पाखा गर्न हुँदैन । राजनीतिक नियुक्तिमा राजदुत बन्न हुनेले राजनीतिक कार्यक्रममा भाग लिन किन नहुने ? उनले प्रश्न गरे ।
संघिय समाजबादी फोरमका उपाध्यक्ष धिरज(डिवि)गुरुङले जनजाती र मधेश आन्दोलनले उठाएका मागहरुलाई संघियता मार्फत स्थापित गरिएको बताए । संघियताले पिछडिएको वर्ग र उत्पीडनमा परेको व्यक्तिलाई न्याय दिनुपर्ने धारण राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्की, एनआरएन अध्यक्ष लक्ष्मी गुरुङ, एनसीसी कोरियाका उपाध्यक्ष श्री श्रेष्ठ, जनजाती महासंघ कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकाली, एनआरएन एसिया प्यासिफिक महिला सह संयोजक जुनु गुरुङले आआफ्नो धारणा राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...