रामेछाप सम्पर्क समितिको दोस्रो अधिबेशन छुसकमा
कोरियामा रहेका संस्था रामेछाप सम्पर्क समितिको दोस्रो अधिबेशन छुसकमा गर्ने भएको छ । कोरियनहरुको ठूलो चाड छुसकको अवसरमा हुने बिदाको पहिलो दिन सेप्टेम्बर २३ तारिक अधिबेशन गर्ने भएको हो ।
`प्रबासमा रहेका रामेछापबासी एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ´ भन्ने मुल नाराको साथ दक्षिण कोरियामा सन् २०१६ मा स्थापना भएको समितिको यतिबेला ऐतिहासिक दोस्रो अधिबेशनको तयारी भइरहेको समितिका सदस्य बुद्ध लामाले जानकारी दिए । समितिको पदाधिकारीको प्रारम्भिक बैठकले अधिबेशन सूचना जारी गर्दै विशेष रुपमा जिल्लाबासीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।
अधिबेशन स्थान सउल मेट्रो लाईन लाइन ६ को आनाम स्टेशनको ३ नम्बर गेटबाट २० मिटर अगाडि रहेको एभरेष्ट रेस्टुरेन्टमा हुने जनाएको छ । समितिका अध्यक्ष भिम खड्का र सचिब रबिप्रताब घिसिङले संयुक्त रुपमा सूचना जारी गर्दै त्यस दिन सबैमा उपस्थितिको लागि आव्हान गरेका छन् ।