शेर्पा संघ दक्षिण कोरियाको तेस्रो माह अधिवेशनको तयारी पुरा
शेर्पा संघ दक्षिण कोरियाले यहि सेप्टेम्बर २३ तारिक आयोजना गर्न लागेको तेस्रो महा अधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रमको तयारी पुरा भएको छ ।
‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ ‘, ‘तेस्रो महा अधिवेशन सफल पारौ’ भन्ने नाराका साथ कोरियाको महान पर्व छुसकमा शेर्पा संघ दक्षिण कोरियाले तेस्रो महा अधिवेशन तथा कोरियामा क्रियाशील नेपाली भाषी संघ संस्था बिच एकता समुन्वया सदभाव बढाउन शुभ कामना आदान-प्रदान कार्यक्रम आयोजना लागेको संघको अध्यक्ष सेर साङबो शेर्पाले बताउनु भयो ।
शेर्पा संघ दक्षिण कोरिया स्थापनाकाल देखि नै विभिन्न सामाजिक तथा परोपकारि कार्य गर्दै कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल एक मुनाफा रहित सामाजिक संस्था हो ।
हाल कोरियामा ७० भन्दा धेरै क्रियाशील सामाजिक संघ संस्था रहेको छ भने शेर्पा संघ कोरियाले आगामी दिनहरुमा सबै संघ संस्थासंग हाते मालो गर्दै नेपाली समाजको हक हित लगायत समाज परिवर्तमा आफ्नो साथ सहयोग गर्दै सकारात्मक भूमीका खेल्ने नीति संघले लिएको अध्यक्ष शेर्पाले बताउनु भयो ।
सेप्टेम्बर २३ तारिक आयोजना हुने तेस्रो महा अधिवेशनमा आफ्नो कार्य व्यस्तताका बाबजुत पनि शेर्पा संघ प्रति सकारात्मक सोचका साथ आर्थिक, भौतिक , नैतिक सहयोग गर्ने महानुभावहरुलाई सम्मान गर्ने संघले जनाएको छ । दिउसो ३ बजे नेपाल हाउस, सौल दोंग्म्यो स्टेशनमा हुने तेस्रो महा अधिवेशन तथा शुभ कामना आदान प्रदान कार्यक्रम सफल बनाउन कोरियामा रहेका संघ संस्था र नेपालीहरुमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।