कोरियामा सवारि दुर्घटनामा परि एक नेपालीको मृत्यू
बिद्यानन्द चौधरी
इपिएस मार्फत कोरिया आएका एक नेपालीको शनिबार सवारि दुर्घट्नामा परि मृत्यू भएको छ । नेपालमा पर्सा जिल्ला गढि नगरपालिकाका ४६ बर्षिय ओमप्रकास चौधरी हुन ।
दक्षिण कोरियाको गिम्पो कार्यरत चौधरी शनिवारको आफ्नो काम सकेर साइकलमा नजिकैको मार्ट जाने क्रममा दुर्घटनामा परेका थिए । उनलाई पछाडीबाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् । ‘मार्टमा जानु भएको थियो । पछाडीबाट गाडिले ठक्कर दिएछ ।’ उनले भने ।
घट्नालगतै स्थानिय प्रहरीले घइते चौधरीलाई स्थानीय अस्पतलमा पुर्याएका थिए । त्याहाँ उपचार हुन नसकेपछि तत्काल यएरएम्बुलरनसबाट उनलार्ई आजु मेडिकल कलेज सुवन लगिएको र अस्पतालले केही समय पछि नै मृत घोषणा गरेको थारु कल्याणकारी सभा दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो बताएका छन् । ठक्कर दिने चालक किर्गिस्थानको भएको प्रहरीले जानकारी दिएको छ ।
सिसिटिभि फुटेज हेर्दा मृतक चौधरिको गल्ति नभएको कुरा प्रहरीले भनेको गैर आवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको अध्यक्ष लक्ष्मी गुरुङले बताइन । गुरुङले घट्नाबारे नेपाली राजदुताबासमा जानकारि गराइसकेको छ ।
मृतक चौधरीको श्रीमती, एक छोरा र एक छोरी रहेको छ ।गत हप्ता मात्रै कैलाली टिकापुरका प्रमोद चौधरीको सुतिरहेकै अबस्थामा मृत्यु भएको थियो ।