कास्की समाज कोरियाले तीज सांस्कृतिक कार्यक्रम र अधिबेशन गर्ने
हरितालिका तीजको अबसर पारेर कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका कास्केली चेलीबेटीलाई सामुहिक दर खुवाउने कार्यक्रम राखेको छ । सेप्टेम्बर १६ आइतबार सउल तोङदेमुनको अन्नपुर्ण सान रेष्टुरेन्टमा दिउँसो १२ वजेबाट कार्यक्रम हुनेछ ।
आयोजकले कोरियामा रहेका काँस्केली चेलीबेटी तथा दाजुभाइहरुलाई उपस्थित हुन आग्रह गरेको छ ।
तीज कार्यक्रममा सामुहिक भोजन तथा सांगीतिक रमाइलो भएको कास्की समाजका अध्यक्ष दिलजलरी पासाले जानकारी दिएका छन् ।
‘दक्षिण कोरियामा लोकगीत सङ्गीतको क्षेत्रमा बिस्तारै आफ्नो उचाई चुम्दै गर्नु भएकी गयिका रमिला गौतम, केही समयको लागि कोरिया आउनु भएकी लोक गायिका मन्जु बिक, लोक गायक पुरन गुरुङ्ग ,शान्ती गुरुङ्ग ,इन्द्र बरालले गीत गाउनुहुनेछ । काँस्कीली चेली मन्जु बिकलाई सम्मान गर्ने कार्यक्रम पनि छ । ‘ उनले भने ।
यसैबिच कास्की परिवार दक्षिण कोरियाको पाचौ अधिवेशन तथा नयाँ कार्यसमितिको चयन छुसक को दोस्रो दिन अर्थात सेप्टेम्बर २४ तारिक मा सउलको नेपाल हाउसमा हुने हुदा कोरिया मा रहनु हुने सम्पुर्ण कस्केली दाजुभाइ दिदिबहिनी हरुलाइ उपस्थित भै अधिबेशन सफल पारि दिन पनि अध्यक्ष पासाले आग्रह गरेका छन् ।