कोरिया आएको दुई महिनामा नै नेपाल फिर्ता
लाखौं कमाउने सपना बोकेर कोरिया आइन्छ । तर सपना पुरा हुन नपाइ फर्किनु पर्दा कसलाई पिँडा नहोला र ? त्यस्तै पिँडा बोकेर रित्तो हात फर्किन बाध्य भए एक नेपाली ।
हेटौडा घर भएका ती युवा पैसा कमाउने अधुरो सपनालार्इै तिलाञ्जली दिएर कोरिया आएको दुई महिनामै नेपाल फर्कनु परेको छ । वैदेशिक रोजगार प्रणाली (इपिएस) मार्फत् कोरिया आएका उनी ख्यान्जिको फाजुसिमा अबस्थित फर्निचर कम्पनिमा कार्यरत थिए ।
कोरियामा गरिएको मेडिकल रिपोर्टमा लागु अौषध प्रयोग गरेको र केहि अंश देखिएको कारण सेप्टेम्बर ७ तारिख शुक्रबार उनलाई नेपाल फिर्ता पठाइएको भाषा अनुबादक मुक्त गुरुङ् (किम दोङ्ग ह्यन)ले बताउनुभयो । भाषा अनुबादक गुरुङ्का अनुसार उनलाई गत अगस्ट २८ तारिखका दिन इमिग्रसन लगिएको थियो । त्यसपछि उनलाई हिरासतमा राखी नेपाल पठाउने प्रकृया अघि बढाइएको थियो । उनीसंगै आएका अरु दुई जना नेपाली भने सोहि कम्पनिमा कार्यरत छन् ।
भाषा अनुबादक मुक्त गुरुङ्ले ईपिएस मार्फत कोरिया आउनेहरुले लागु अौषध प्रयोग नगर्न सुझाब दिदै लागू औषध सेवनले तत्काल असर नदेखिए पनि मेडिकल रिपोर्टमा देखाएको खण्डमा तत्काल नेपाल फिर्ता गरिने भएकाले सचेत रहन पनि सुझाव दिनुभयो । कोरियामा बसोबास गर्ने क्रममा केही अप्ठारो वा कुनै समस्या परेको खण्डमा जो कोहिले पनि सम्पर्क गरि परामर्श लिन सक्ने बताउनु भयो।