राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको पहिलो अधिबेशनको सम्पूर्ण तयारी पुरा


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको पहिलो अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ । “हाम्रो लोक दोहोरी हाम्रो शान! प्रवासमा नेपालीहरूको छुट्टै पहिचान”भन्ने मुल नाराका साथ नेपाली गीत संगीतको अग्रणी संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बिदेश शाखा दक्षिण कोरियाको एेतिहासिक पहिलो अधिबेशन आगामी सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन हुन लागेको छ । उक्त अधिबेशनमा बरिष्ठ सर्जक तथा उपाध्यक्ष बिदेश बिभाग प्रमुख साथै बरिष्ठ सर्जक रमेश बि.जी.कोरिया आउने भएका छन् । उक्त अधिबेशनमा कोरियामा रहेका सम्पूर्ण लोक तथा दोहोरी गीत संग सम्बन्धित साथै अन्य संघ संस्था,बुद्धिजीबि,ब्यापारी,बिधार्थी लगायत सम्पुर्ण नेपाली महानुभाबहरूलाई उपस्थित भई अधिबेशन भब्य एबं सभ्य रूपमा सफल बनाई दिनको लागि अधिबेशन आयोजक समितिका संयोजक जीतन भाई श्रीसले हार्दिक अनुरोध गरेका छन।

लोक तथा दोहोरी गीतलाई ह्रदयदेखी नै माया गर्ने कोरिया बासी सम्पूर्ण नेपालीहरूलाई एकै ठॉउमा समेटी राष्ट्रिय पहिचानलाई अभिब्यक्त गर्न लोक संस्कृतिको धरोहर नेपालमा सबै भन्दा अग्रणी संस्था लोक तथा दोहोरी गीतलाई ब्यवस्थित गराउन, मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने साथै बिशुद्द सामाजिक संस्थाको रूपमा संचालन गर्ने उद्देश्य राखी आयोजना गर्न लागिएको एेतिहासिक पहिलो अधिबेशन सफल पार्नको लागि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष,बिदेश बिभाग प्रमुख साथै बरिष्ठ सर्जक रमेश बि.जीको प्रमुख अतिथिका रुपमा रहने भएका छन् भने प्रवासमा रहेर पनि राष्ट्रिय लोक संस्कृतिको उत्थानको लागि निरन्तर लागिरहनु हुने गायक संगितकार साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाका बरिष्ठ सल्लाहकार  रामकृष्ण बम मल्लको पनि उपस्थिति रहने भएको छ । कार्यक्रम कोरियाको राजधानी सौलस्थित रेल लाईन नं ५ यउईदो स्टेशन गेट नं ३ दुर्गा रेष्टुरेण्ट दोस्रो तल्ला सभा हलमा शानदार एबं भब्य रूपमा सम्पन्न हुने भएको छ ।

साथै सांगितिक भ्रमणमा कोरियामा रहनु हुने राष्ट्रिय स्तरका ख्याति प्राप्त चर्चित कलाकारहरू राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका द्वितिय उपाध्यक्ष रामजी खाँण र केन्द्रिय सदस्य द्वय शिब हमाल ,राजन गुरुङ लगायत अन्य कलाकारहरूको पनि गौरवमय उपस्थिति हुने  गायक सर्जक सि .पी. मगरले जानकारी दिएका छन।

अधिबेशन सफल बनाउनको लागि अहोरात्र खटिनु हुने साथै आर्थिक,नैतिक भौतिक रूपमा सहयोग गरिरहनु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा दिदै आउदा दिनहरूमा अझै थप सहयोग र हौसला दिनु हुनेछ भन्दै कोरियामा रहनु हुने सम्पुर्ण कलाकर्मीहरूलाई साधारण सदस्यता लिनको लागि पनि आयोजकले आग्रह गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...