सौल, नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको “छुसक सांगीतिक धमाका-२०१८”ले कोरियाको सामाजिक सांगीतिक माहौल रोचकता साथ तताउदै गइरहेको छ। सामाजिक तथा सृजनात्मक क्रियाकलापमा सधै सबै भन्दा अब्बल संस्थाको रुपमा स्थापित मगर संघले कोरियन दशै छुसकको अवसर पारेर दोस्रो दिन सेप्टेम्बर २४ मा छुसक धमाका आयोजना गरेको हो।
कोरियामा कार्यरत सयौ नेपाली कामदाहरुलाइ दुख आपत विपद वा बिरामी पर्दा नेपाल मगर संघले २००३ देखि आफ्नै श्रोतबाट आश्रय दिदै आइरहेको छ। त्यसलाइ अझ राम्रो ब्यबस्थापन गर्न र मगर भाषा,कला,संस्कृतिको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ।
राजधानी सौल मात्र नभइ मोफसलका शहरहरु सुवन,आन्सान,फ्यन्थेक,छनान,थेगु, बुसान,ख्वांग्जु,मोक्पो लगायतका शहरहरुमा पम्पलेटिंग,पोष्टर प्रदर्शनी,टिकट/निमन्त्रणा कार्ड बितरण सम्पन्न भइसकेको मिडिया बिभाग सदस्य डोलु आले मगरले बताउनु भएको छ। कार्यक्रममा केही नयापन केही फरकपन पस्कन आफुहरु तम्तयार रहेको सांस्कृतिक बिभाग सह-संयोजक स्निका थापा मगरले बताउनु भएको छ।
ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु हेमन्त राना,तेरिया मगर,सन्दिप क्षेत्री,मिना निरौला,सागर आले,शान्ति श्री परियार साथै कोरियामा रहने ख्याति प्राप्त नेपाली कलाकारहरुको समिश्रित प्रस्तुति रहने कार्यक्रम १ नम्बर मेट्रो लाइन ख्वाउन्दे यक नजिकै रहेको दोंग्हेमुन यसुल ग्वान हलमा दिउसो १२ बजे देखि हल गुन्जायमान रहने संघका नृत्य निर्देशक बिशाल राना मगर (एस.बी.) ले जानकारी दिनुभएको छ।
कार्यक्रमलाइ भब्य र सभ्य बनाउन कोरियामा रहेका शुभ चिन्तक ब्यापारी सक्रिय सामाजिक अभियन्ताहरुले स्वत स्फूर्त गर्नु भएको आर्थिक सहयोग मात्र २ करोड ५० लाख वन पुगिसकेको र अझै सहयोग आइरहेको संघका कोषाध्यक्ष तथा आर्थिक बिभाग प्रमुख मनु रोका मगरले बताउनु भएको छ।साथै अग्रिम सहयोग गर्ने महानुभावहरुलाइ फोटो सहितको बिशेष पास उपलब्ध गराइने मिडिया बिभागका सदस्य लोक बहादुर पुनले जानकारी गराएका छन्।
लामो इतिहास बोकेको मगर संघको हरेक कार्यक्रम सफल रहेको र यसपाली पनि सम्पुर्ण कोरियामा रहने नेपाली समुदायको साथले कार्यक्रम भब्य सफल रहने संरक्षक तथा संयोजक अप्त पुन मगरले बिश्वासका साथ अनुरोध गर्नु भएको छ।