दोलखा स्थाई घर भई कोरियालाई कर्मथलो बनाएका नेपालीहरुको सस्था दोलखाली सेवा समाज कोरियाको भेट्घाट तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
कोरियनहरुको महान चाड छुसकको अबसर पारेर सौलमा भएको भेट्घाट कार्यक्रममा दोलखाली समाजकी पुर्ब उपाध्यक्ष ज्ञानु चौहानलाई बिदाइ गरिएको थियो । चौहानले आफ्नो कोरिया बसाइको पहिलो कार्यकालमा समाजप्रति देखाएको माया र सहयोगको उच्च मुल्यांकन गर्दै बिदाइ गरेको थियो ।
त्यस्तै उहाको रिक्त स्थानमा रिन्जी शेर्पालाइ निर्बिरोध उपाध्यक्षमा चयन गरिएको अध्यक्ष सरोज केसिले बताएका छन् । बिगत ७ बर्षदेखि कोरियामा कार्यरत शेर्पा अधिकाम्श नेपालीहरु माझ परिचित रहेका छन् । सामाजिक काममा सधै अग्रसर हुने शेर्पालाइ समाजको उपाध्यक्षमा चयन गर्न पाउदा अत्यन्तै खुशी लागेको अध्यक्ष केसि ले बताए ।
आगामी दिनहरुमा दोलखाली सेवा समाजमा रहेर सामाजिक कार्यमा अझै योगदान पुर्याउन कुनै कसुर बाकि नराख्ने उपाध्यक्ष रिन्जी शेर्पाले बताएका छन् । साथै उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन गर्नु हुने सस्थाका पदाधिकारी हरुलाइ पनि हार्दिक धन्यवाद ब्यक्त गरेका छन् । सम्पुर्ण दोलखालि लगायत अन्य नेपालीहरुको व्यापक जमघट रहेको कार्यक्रमलाई स्थानिय कलाकारले आफ्नो प्रस्तुती दिदै रमाइलो बनाएका थिए ।