शेर्पा संघ दक्षिण कोरियाको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा पासाङ शेर्पा चयन


शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित तेस्रो महाधिवेशन राजधानी सोल स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । शेर्पा संघको तेस्रो महाधिवेशनबाट सोलुखुम्बुका आङ पासाङ्ग शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् ।

बरिष्ठ उपअध्यक्षमा दोर्जी शेर्पा , महासचिवमा थुतुङ गेल्जे शेर्पा , सचिवमा ओङछु शेर्पा, कोषाअध्यक्षमा लाक्पा शेर्पा, सह-कोष अध्यक्षमा तेम शेर्पा, सदस्यमा सोनाम शेर्पा,र बाँकि सबै जिल्लाका शेर्पाहरु समेटेर समितिमा राख्न पद रिक्त राखिएको अध्यक्ष मण्डल्का संयोजक शेर साङ्बो शेर्पाले जानकारी दिए ।

‘पहिचान र सह अस्तित्वको लागि सम्पूर्ण शेर्पा समुदाय एक हौ । ” तेस्रो महाअधिवेशन सफल पारौ “भन्ने नारा सहित आयोजित महाअधिवेशनका सभापतित्व निवर्तमान अध्यक्ष सेर साङबो शेर्पाले गर्नु भएको थियो । नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाकि अध्यक्ष मालिका थकालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोरियामा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपश्थित सबै संघ संस्थाको प्रतिनिधिहरुले सुभकामना आदान प्रदान गर्नुको साथै नव गठित कार्य कार्य समितिलाई समेत सफल कार्यकालको अग्रिम बधाई तथा सुभ कामना दिए । संघको प्रगति प्रतिवेदन संस्थाका सचिव थुतुङ गेल्जे शेर्पाले प्रस्तुुत गरेका थिए भने दुइ वर्षे आर्थिक प्रतिवेदन संघको कोषध्यक्ष गुरु निमा शेर्पाले प्रस्तुत गरे । शेर्पा संघ कोरियाले आफ्नो समुदायको हक हितको निम्ति सहयोग गरेका सबै महानुभावहरुलाई सम्मान गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...