सौल, पहिचान प्राप्ति संगै वर्गीय मुक्तिका निम्ति श्रमजीवि वर्गहरु एकता हौ भन्ने नाराका साथ सौल दोंग्देमुन स्थित नेपाली संघिय समाज कोरियाले भेट्घाट तथा बिदाई कार्यक्रम आयोजना गरेको छ ।
कोरियाको पर्व छुसकको अवसर पारेर नेफेसो पार्टीका नेता र कार्यकर्ता बिच अन्तर्क्रिय कार्यक्रम समेत गरिएको थियो ।
उक्त अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष, धिरज गुरुङ्ग आफ्नो कोरिया बसाईलाई अन्त्य गर्दै नेपाल फर्किन लागेको हुदा उनलाइ बिदाई गरिएको थियो । छुसकको लामो विदाको सदुपयोग गर्दै नेफेसो कोरियाले भेटघाट तथा बिदाई कार्यक्रमको आयोजना गरेको नेफेसो कोरियाको अध्यक्ष महिन्द्र राई बताउनु भयो ।
उक्त भेटघाट तथा बिदाई कार्यक्रममा उपस्थित सम्पूर्ण नेता र कार्यकर्ताहरुले अहिले नेपाल संघिय समाजवादी फोरम नेकपा सरकारले पहिचानलाइ सम्बिधान संसोधन गरेर सम्बोधन गर्ने सर्तमा सरकारमा गएको र सरकारमा गएको यति लामो समय भई सक्दा पनि संसोधनको कुनै लक्षण देखा नपरेको भनि अधिकांसले आपति जनाए । तत्काल केन्द्रीय पार्टीको ध्यानाकर्षन गराउन समेत अध्यक्ष मार्फत अपिल गरे ।
अध्यक्ष महिन्द्र राईले हाल नेपाल सरकारको गतिबितिबारे सबैलाइ जानकारी गराउदै भने, अब चाडै संसोधन हुने कुरा आश्वस्थ पर्दै कार्यक्रममा उठेको जायज कुराहरु केन्द्र पार्टी सम्म पुर्याउने छौं ।
उक्त कार्यक्रमा पार्टी प्रवेश गर्न चाहने पहिचानवादी केहि नेपालीहरु समेत पार्टी प्रवेश गरे । पार्टी प्रवेश गर्ने हरुमा लोचन राई, आङनिमा शेर्पा र बिशन थुलुङ्गलाई पार्टी अध्यक्ष महिन्द्र राईले खादा लगाई पार्टी प्रवेश गराएका थिए ।