मर्सको प्रभाव कम हुने संकेत
निश्चल काउचा
सोल – गत मे २० देखि कोरियामा महामारीको रुपमा फैलिरहेको मिडल इष्ट रेष्पीरेटोरी सिन्ड्रोम (मर्स) को प्रभाव कम हुने संकेत देखिएको छ | गत दुई दिन यता कुनै पनि मर्स संक्रमित बिरामीको मृत्यु नभएको स्वास्थ्य तथा कल्याण मन्त्रालयले जनाएको छ | सोमबारसम्म २७ जना मर्स संक्रमितको मृत्यु भएको थियो | बुधबारसम्म ४ जना नयाँ संक्रमित थपिएका छन् | हालसम्म संक्रमितको संख्या १७९ पुगेको छ |
१३ जना मर्सको बिरामी भर्खरै हस्पिटल देखि डिस्चार्ज भएका छन् | यो संख्या संगै मर्सको जीवाणुवाट पूर्ण निको भएर हस्पिटलवाट डिस्चार्ज भएर फर्किने ६७ जना पुगेका छन् |