कास्की परिवार दक्षिण कोरियाको अधिबेशन गत २५ तारिख सम्पन्न भएको छ । सउलकाे नेपाल हाउसमा भएको पाचौ अधिबेशनले सुरज गुरुङ्गको नेतृत्वमा १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ । अन्य पदाधिकारीहरूमा सन्तोष तिमिल्सिना वरिष्ठ उपाध्यक्ष, गोलमान गुरुङ्ग उपाध्यक्ष, रमिला गौतम उपाध्यक्ष, पुरन गुरुङ्ग सचिव, नन्द जङ्ग गुरुङ्ग तथा अरती ह्याेल्माे सह सचीव, राज श्रेष्ठ कोषाध्यक्ष होम गुरुङ्ग सह कोषाध्यक्ष तथा दुर्गा बहादुर थापा, बच्चन गुरुङ्ग, निशान गुरुङ, इश्वर के.सी सदस्य रहेका छन् ।
उदघाटन सत्रमा निवर्तमान अध्यक्ष दिल जलारी पाशाको सभापतित्वमा भएकाे सम्पन्र भएकाे थियाे । साे सत्रमा सचिव अमृत प्रसाद बास्तोलालेले वार्षिक प्रतिबेदन र कार्यवाहक कोषाध्यक्ष टेकनाथ भण्डारीले आर्थिक प्रतिबेदन पेस गरेका थिए । आर्थिक तथा वार्षिक प्रतिबेदनलाई अधिबेशनले पारित गरेपछी सस्थाका अध्यक्षले अधिबेशनको पहिलो सत्रलाई समापन गर्ने क्रममा चौथो कार्यसमितिको कार्यावधीमा सस्थालाइ आर्थिक नैतिक तथा भौतिक सहयोग पुर्याउनु हुनेलाइ धन्यबाद दिएका थिए । त्यसपछि सुरू भएकाे बन्दसत्रमा नयाँ कार्य समितिका लागी भक्त शेरचनको संयोजकत्वमा खोम प्रसाद गुरुङ र नवीन गुरुङ्ग सदस्य रहेकाे तीन सदस्यीय निर्वाचन कमिटि गठन भएकाे थियाे । साेही निर्वाचन मण्डलले नै नयाँ कार्यसमितिलार्इ सपथ खुवाएका थिए ।