कोरियामा विदेशीहरूका लागि स्वास्थ्य बीमा कडा हुनेगरी संशोधन गरिदै
दक्षिण कोरियाली अधिकारिका अनुसार विदेशीहरुका लागी स्वास्थ्य बीमा सम्बन्धि कानुन संशोधन गरिने भएको छ । केही विदेशीहरुले अनावश्यक फाइदा लिइरहेको भन्दै विरोध हुन थालेपछि राष्ट्रिय स्वास्थ बीमा सम्बन्धि कानुन संशोधनका लागी कानुन विभागले दबाब दिएको कोरियाली समाचार एजेन्सी योन्हपले जनाएको छ ।
वर्तमान कानून अन्तर्गत दक्षिण कोरियालीहरू र दक्षिण कोरियामा बस्ने विदेशीहरूले पनि यसको फाइदा उठाइरहेको छ । राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली अन्तर्गत सन् २०१७ को अन्त्य सम्ममा देशीविदेशी गरि करिब ५२.४३ मिलियन आबद्ध रहेको जनाएको छ । विदेशीहरुले पनि कोरियनहरु सरह थोरै बीमा शुल्कमा धेरै लाभ लिदै आएकोले जनस्तरमा यसको यसको विरोध हुन थालेको हुँदा कानुन संशोधन गर्न लागेको हो ।
अहिलेको नियम अनुसार कुनै पनि बिदेशी कम्तिमा ३ महिना कोरिया बस्नेले बिमाको सुबिधा लिन सकिन्छ । तर संसोधित विधानमा यसलाई बढाएर ६ महिना पुर्याउने योजना रहेको स्वास्थ्य तथा कल्याण मंत्रालयले बताएको योन्हपले जनाएको छ ।
उक्त संशोधित बीमा कानुन आगामी डिसेम्बरको अन्त देखि लागू हुन सक्ने सरकारी अधिकारीले जनाएको छ ।