हाम्राेमा घामको किरणले जसरी सयपत्रीको थुँंगामा आफूलाई उभ्याएर दसैँ, तिहारको आगमनको सँकेत दिन्छ त्यस्तै गरि काेरियामा हरिया पहाड र निला समुन्द्रमा टल्किए पछि काेरियन दशै छुसकको संकेत दिँदा रहेछ। हामी कम्पनीको नियममा आफूलाई बाँधिरहनेहरुका लागि बिदा नै हाम्रो स्वतन्त्रको अर्को नाम। तिनै स्वतन्त्रतालाई अझ स्वतन्त्र रूपमा बिताउने अर्को मौका थियो छुसक। अनि आफ्नो देशको दसैँलाई बिर्साउने अर्को बहाना पनि।
हाम्राेमा जसरी ठमेलका चोकहरु भरिन्छन् त्यसरी नै यताका सबैजसो ब्यापारीक क्षेत्रहरु मानिसले भरीएका छन्। कम्पनीबाट बजारसम्म जाँदैगर्दा यी सबैलाई नजिकबाट नियाल्न पाएको थिएँ। अनलाईनबाट नै धेरै जसोले किनमेल गर्ने हुँदा सपिङ्ग मलहरु भने नेपालको जतिको प्याक नहुने तर अरुबेला भन्दा त भिड हुने नै भई हाल्यो। काेरियन नै सहि दशै त हाे त्यसैले मैले पनि लतकपडा किन्ने भएँ । बिदाकाे पहिलाे दिन शनिबार दिनभर कपडाहरु सङ्ग खिलिने र ऐनासामु उभ्याउदैमा साँझ पारेको थिएँ।
छुसकको पहिलो दिन!
होचा पहाडहरु माथि घाम चाँडै उभिदो रहेछ। मधुर किरणहरुले पर खेतमा झुलेको धानका बालाहरु टल्किएर सुन जस्तै बनेको दृष्य मेरो कोठाको झ्यालबाट प्रष्ट देखिदै थियो। झ्यालकै कुनामा लठारीएको हाँगामा पातहरु कानेखुसी गर्दै थिए सायद नग्नतामा लाज उम्रेको हुनु पर्छ!’
सुन्दर खेतमा झुलेका सुनका बालाहरु माथि उस्तै पहाडहरु उभिएका थिए। जति सुन्दर म आफूलाई ऐनामा देखिरहेको महसुस गर्दै थिएँ। सायद मैले आफूलाई पनि यो सुन्दर मौसममा सुन्दर बनाएको थिएँ।
यात्रा राजधानी सउलसम्मको थियो। पुराना साथीहरु बिमल सिं दोङ, अर्जुन ढुङ्गेल लगयतका साथीहरु नयाँ उमङ्गका साथ सउल थिए। उनिहरुकै योजना थियाे दुइ काेरिया बीच भएकाे युद्धका सम्झनामा बनाइएकाे वार म्युजियम हेर्ने। लगभग घण्टौको यात्रा पछि वार म्युजियम पुग्दा स्टेसनको नजिकै घण्टौँदेखी कुरिरहेका मुहार भेटियौँ। हामी दुई अनुहार म र साथि सोहि भिडमा मिसियौँ। जहाँ बर्षौँ देखिका उमङ्ग मिसाउनु थियो।
हतारिलो समय हतारिलो पाईलाहरुले पनि कहाँ भेटाउन सकिदा रहेछन् र। वार म्युजियम फन्किएर विश्वकै पाँचाै अग्लाे भवन महल लोट्टे महल (लोट्टे टावर) आईपुग्दा नपुग्दै बिहान उदाएको घाम होचो पहाडमा लुकिसकेको थियो। भिडहरुमा हाम्रा अनुहारहरु मिसिदै सुन्दर सउललाई तल पार्दै उक्लिरहेको थियो लिफ्ट तला नै तला। 118 तलाबाट सउलको अनुहार हेर्न लागेका हाम्रा आँखाहरु 121 तलासम्म आईपुग्दा पनि थाकेका थिएनन्। हजारौं ओठहरुको अवाजमा हाम्रा थोरै ओठहरुमध्यका केही ओठहरु धरहराबाट काठामाडौँ नहेरेको गुनासो पोख्दै थिए त केहि ओठहरु देशको अल्छी र सुस्ततामाथि हाबी बोल्दै थिए। कोरियन नागरीकसंग बिबाह गरि कोरिया झरेकी हाम्रा चेलिको सानो छोरोलाई तलको झिलिमिली सहर देखाईरहँदा मेरो मनमा भने लाग्यो- ‘चाहे के हुँदैन? पचास बर्षमा युद्द र जापानी उपनिबेशले चुर्लुम्म डुबेको देश उठ्न सक्छ भने। खानी नै खानी भएको मेरो देस के 50 बर्षमा उठन सक्दैन?…………’
“साम्छोन् छ ग म्वएयो?”
नदिमाथि उभिएको पूलमा बनाईएको मुर्तिलाई चिनाँउदै मन नमिठो पार्दै मनमनै भनेँ – ‘तिम्रो देशमा ढुङ्गामाथि महल ठडिन्छ्न्। नदिभन्दा लामो र नदि नै नदेखिने गरि पूल बनाँउछन् हेर त कति धेरै! मेरो देशमा तुईनमा झुन्डेर दैनिकी चलाउँछन्। साँचै! यहाँको जति नसके पनि यसैको आधा बिकास मात्र भए पनि मेरो देश कति सुन्दर हुन्थ्यो होला है?.’
मनमा खेलिने कुराको बेवास्त गर्दै चम्किरह्यो सउल।
दोस्रो दिन
आकास छुने महलहरुले उदाई सकेको घामलाई पनि छेकिदा रहेछन्। हामीले बसेको होटेलबाट निस्कदा तिनै अग्ला महलहरु सबैतिर उभिएका थिए। नयनहरुको चाहा सधै उस्तै हुन्थे। बिहान दैलोबाट निस्क्दा स्वर्गका स्वर्ण जोडिएको हिमाल हेर्ने आँखाहरु महलमा ठोकिनु पर्दा तिनै चाहानामा फर्किनु स्वभाबिक थियो।
बिमलसँगको सम्बन्धमा एउटा छुट्टै आनन्द छ। अनि छुट्टै विशेषता पनि। म सानो बालक। जो सानो उमेरमा कोरिया छिरेको। तिनै सानो बच्चालाई हात समाएर बाटाे देखाउन डोर्याउन सधैब मार्गदर्शन गराउने ब्यक्ति। सायद, समयलाई ठिक पालान गर्छन भने बिमलले गर्थे र त बिहानै दौडिएका थियौँ।
लगभग खाना खाँदै गर्दा बनेको योजनारुप कोहि साँगितिक कार्यक्रम हेर्न गए। हामी भिडमा मिसिन नचाहानेहरु कतै पार्कतिर घुम्ने निधोले सेजोङ्ग पार्क तर्फ लाग्यौँ। यतिन्जेलसम्म हाम्रा मिलनसार दाजु दिपक भट्ट हामीमाझ मिसिसकेका थिए।
हाँङ्बोक सँस्कृती अनुभब
कोरियनहरु छोटो समयमा धेरै परिवर्तन भए। आर्थिक, सामाजिक, मनासिक, साँस्कृतिक, भौतिक, प्राबिधिक सबै क्षेत्रमा छोटो समयमा धेरै बिकास गरे। बिनास गरे। तर अच्चम्म आफ्ना पुराना साँस्कृतिक क्षेत्र, सँस्कृतिहरुको सँरक्षण गरि भाबी पिँढिका लागि जस्ताको त्यस्तै राख्न सकेका। सेजोङ्ग पार्क पुग्दा यी सबैकुराको महसुस आँखाले देख्न सकिन्थ्यो।
हामीले पनि कोरियन सँस्कृतिको अनुभव गर्ने ईछ्यालाई हाँङ्बोक लगाएर पूरा गर्यौँ। हाँङ्ग्बोक लगाए पछि आफूमा नयाँ सँस्कृती अनुभव गर्न पाएको खुसिले कति प्रफूल्ल बनेको मन। हाँङ्बोक कोरियन परम्परागत पोसाक हुन्। कोरियन नया पुस्ता तथा अन्य बिदेसिहरुले पनि निकै चाखले लिँदा रहेछन्। हाँङ्बोक सङ्गै चहरी रहँदा हाम्रो नेपाली आदिबासीहरुको सयौँ सँस्कृती, साँस्कृतिक पोसाक, अनि जाती विशेष सँस्कृतीहरुको याद आयो। एउटा मात्र सँस्कृती बोकेको देशले त्यही सँस्कृतीको भरमा कयौँ पर्यटनलाई आर्थिक उपार्जनको श्रोत बनाउन सक्दा रहेछन् भने हामी सयौँ जाति र सयौँ सँस्कृती बोकेको देशले कति धेरै पर्यटक भित्र्याउन सक्ला? देश बिकास गर्दैगर्दा बिकास गर्नेहरुले यति चाहिँ सोच्नै पर्ने रहेछ कि! ’देश बिकास जाति र सँस्कृती बिनास गरेर हैन बिकास र सँरक्षण गर्न सबैभन्दा धेरै लागानी गरेर गर्नु पर्ने रहेछ। आफूसँङ्ग हुँदा नै यस्को सँरक्षण गर्नुपर्ने रहेछ। भोलि हराई सकेपछि पछुताउनु सिबाय अरुबाँकी केही हुनेछैन। सँस्कृती, भेषभुषा देशको गहना रहेछन् र सधै स्वभा दिरहने रहेछन्।’ नत्र यतिका सुन्दर गगनचुम्बी महल छोडेर झुप्रो महल हेर्न किन पुग्छन् आधुनिक युबायुबतिहरु? आधुनिक पोसाक छोडेर किन चाखले लगाए यिनिहरुले ती परम्परागत पोसक? हाम्रा बिकास कर्ताहरुले पनि सँस्कृतीको सँरक्षण नै बिकासको आधार मानुन्।
क्यामारामा उभिएका हाम्रा मुहारहरुलाई क्यामाराको लेन्समा अटाउँदै एक फोटोग्राफरले हाम्रो क्यामारा फिर्ता दिए। आकास खसिसकेकोले लगभग हामीले फर्कनु थियो।
दौडिरहेको रेलमा चढेर फर्केका हामीहरु धेरै पर आईपुग्यौँ तर सँस्कृतिको त्यो धनी ठाउँ त्यहाँ नै उभिरह्यो। सायद, भोलिका अर्का मुहारहरुलाई पनि नयाँ रुप दिलाउनु थियो नयाँ सस्कृतिको नयाँ पोसकमा।
अन्तिम दिन
ट्याक्सिबाट ओर्लदा कार्यक्रम हुने हल लगभग सुन्सान थियो। ब्यब्स्थापन समितिको सक्रृयता अलि नपुगेको होकि प्रचार प्रसार! या नेपालीको ढिलो गर्ने बानीको अर्को रुप थियो!
तोकिएको समय भन्दा ज्यादै ढिला कार्यक्रम सुरु भएपनि सहभागिहरु भने सोचेभन्दा ज्यादा थिए। ढिला सुरु भएर छिटो सकेकोले सबैले रबिसँग समस्या राख्न नपाएनी थोरैले प्रतिनिधि भने गरे। अन्तर अवाजबाट सुनिएको नारी अवाज- आफ्नो ईज्वतमाथि गरिएको सोसनको बिरोधमा थियो। केही त्यस्ता नारीहरु जो पुरुषले खेल्नु पुर्ब नै आफै खेल्न तम्सिनेहरु देखिरहेको माझ यो अवाजले केही त्यस्ता ईमान्दार नारीहरु पनि छन् भन्ने अभास दिलाई रहेको थियो।
कफि पसलमा कफि पिँउदै धेरै पटक झगडा नगर्ने बाचा गरेर झगडा गर्ने हामी दुई साथी। सायद, परिपक्त्वको अन्तर नमिलेर यो भई रहेको थियो। भोलिबाट कम्पनिको काम समात्नु थियो र फर्कियौँ। रबिसङ्ग झुम्नेहरु भने धेरै पर छुट्दै थिए जति पर हामीलाई बोक्ने रेल दौडिरहेको थियो।
समिक्षा
रमाईलो, घुमघाम, पिउने जिउने मात्र पक्कै हामीले कोरियाबाट सिक्ने कुरा हैन। यहाँका अग्ला महल उक्लिरहँदा होस् या अग्ला पहाडबाट तलका सुन्दर सहर नियाली रहँदा होस्। हामी आफ्नो देशलाई पनि सुन्दर र सफा र बिकसीत बनाउने सँकल्प पनि सङ्गै गरीनु जरुर छ। यहाँ आउने कलकारहरुले पनि देखेर गई देशमा आफूले सक्ने परिबर्तन गर्न जरुर छ। रबिले पनि बोल्न जरुर छ। कामदारका रुपमा आएका लाखौँ यूबाले आफूले सिकेका सिपलाई स्वदेशमा लगानी गर्ने सँकल्प गर्न जरुर छ। राजनैतिक कार्यक्रमहरुमा आउने नेतृत्व तहका ब्यक्तिहरुले पनि भाषाण दिएर ताली खाएर जानुको सट्टा केही सिकेर गई लागू गर्ने सँकल्प गर्न जरुर छ। यस्ता बिदाहरुमा गरीने कार्यक्रमको आफ्नै महत्व भए ता पनि यस्ता बिदाहरुमा सबै भन्दा धेरै त यूबा परिचालन र स्वदेशमा लगानी कसरी गर्ने र देश बिकासका लागि के के गर्न सकिन्छ? जस्ता उद्देश्यहरु राखी सयौँ कार्यक्रमहरुको आयोजना हुन जरुर देखिएको छ।
मलाई पक्कै बिस्वास छ। आउदा दिनहरुमा आफ्ना बिदाको समिक्षा गरीरहँदा रमाईला र रङ्गरासका रसहरु लेखिरहने भन्दा ज्यादा देश बिकास तथा स्वदेशमा यूबा परिचालनको बिषयमा लेखिरहको हुनेछु।
ख्वाङ्जु- दक्षिण कोरिया