जोखिम हरेक क्षेत्रमा छ ।बिश्वको कुनै पनि बजार जोखिममुक्त हुदैन ।अझ नेपाली शेयर बजार त झनै जोखिम युक्त छ ।यहाँ कहिले काहीँ हल्लाकै भरमा पनि बजारले बुलिश र बियरिस ट्रेण्ड समातिरहेको हुन्छ ।यस्तो अबस्थामा आफ्नो पोर्टफोलियो भने मिलाउन सक्नु पर्छ ।जस्तै शुरुमा मात्र ५ हजार लगानीबाट पनि प्रबेश गर्न सकिन्छ ।भारतका चर्चित शेयर कारोबारी राकेश झुनझुनवाला ५ हजार बोकेर बजार प्रबेश गरेको कुरा आफ्ना अन्तरबार्ताहरुमा बताउछन् ।अहिले उनि शेयर बजारबाटै भारतको खर्बपती क्लबमा नाम लेखाउन सफल छन् ।बिश्वका चर्चित शेयरबजारका बादशाहहरु वारेन बफेट ,बेन्जामिन ग्राहम,पिटर लिन्च ,राय डालियो, झुनझुनवाला जस्ता हस्ति अरुले शुरुमा धेरै लगानी कहिल्यै नगरेको बताउछन् ।
शुरु कसरी गर्ने ?
नया लगानिकर्ताहरुको लागि सबैभन्दा सुरक्षित उपाय आइपिओ नै हो ।कुनै कम्पनिले आफ्नो पुजी वृद्धि गराउन सर्बसाधारणलाई केही हिस्सा छुट्ट्याएर शेयर होल्डर बनाउने प्रकृयाबाट संकलन गर्ने रकम नै आइपिओ हो । जुन १०० रुपैया प्रतिकित्तामा उपलब्ध हुन्छ ।यसमा तपाइले माग गरेको शेयरको आधारमा बाडफाड पश्चात् निस्चित शेयर दिइन्छ ।आइपिओ जोखिम युक्त बिल्कुल हुदैन ।दोश्रो एफपिओ हो । जुन कम्पनिले आफ्नो प्रिमियम मूल्य सहित आम सर्बसाधारणलाइ बिक्रीको लागि आह्वान गर्छ ।पछिल्लो एफपिओहरुलाइ हेर्दा यो केही जोखिम युक्त नै मानिदै आएको छ । तेश्रो भनेको ब्रोकर कम्पनी बाट लिने शेयर हो ।जुन उक्त दिनको भाउ अनुसार चाहे जति लिन सकिन्छ ।यसमा आफुले किन्ने कम्पनिको आधारभुत ज्ञान भएन भने डुब्ने सम्भबना धेरै नै हुन्छ । यसरी दोश्रो बजारबाट शेयर लिदा कम्पनिका बारेमा अधिक जानकारी राख्न जरुरि पर्दछ ।
अब बजार बढ्ने कारण के के हुन सक्छन् ?
सबैभन्दा मुख्य कारण राजनितिक स्थिरता नै हो ।अहिले देशमा केही हदसम्म भए पनि स्थिरता आएको छ ।सरकार र निजि क्षेत्र लगानिको बाताबरण जुटाउने प्रयासमा छन् ।यस सगै बैंक तथा इन्स्योरेन्स कम्पनिहरुले चुक्ता पुजि पुर्याइसकेका छन् ।अर्बौ रुपैया बराबरका नयाँ आइपिओ खुल्ने प्रकृयामा छन् ।जुन नया लगानिकर्ताका लागि अत्यन्तै सेफ हुन्छ भनेर माथिनै भनसकिएको छ ।त्यो सगै मार्जिन लेण्डिङ ,तरलता र बैंक ब्याजमा सुधार ,बैंक बित्तिय सस्थाको प्रतिशेयर आम्दानिमा वृद्धि हुँदै जानू ,बजार प्रबिधि मैत्री हुनु,अनलाइन ट्रेडिङ जस्ता प्रबिधी मैत्री बित्तिय उपकरणहरु आउनु नेपाली शेयरबजारका सकारात्मक सुचक हुन् ।
त्यस्तै पुर्ण अनलाइन प्रणाली , बैंकलाई ब्रोकर लाइसेन्स दिने जस्ता कामको शुरुवातले पनि सकारात्मक भुमिका निर्बाह गरेको हुन्छ । साथै सरकारले आगामी ५ बर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर सहित प्रतिब्यक्ती आयलाइ दोब्बर बनाउने लक्ष्य सहितको नीति तथा कार्यक्रम तय गरेको छ ।यसले पनि बजारलाइ सकारात्मक दिशा तिरै लैजान सहयोग पक्कै पनि गर्दछ ।
कोरियाबाट कसरी लगानि गर्ने ?
नेपाली शेयर बजार अहिले प्रबिधीमैत्री बन्दै गैरहेको छ ।जस्तै पहिला घन्टौ लाइन बसेर आइपिओको फाराम भरेर २ महिनासम्म परिणामका लागि कुर्न पर्दथ्यो भने अहिले एक हप्तामै बाडफाड हुने गरेको छ ।बिश्वका जुनसुकै देशबाट पनि अब आइपिओ एफपिओ अनलाइनबाटै भर्न सकिन्छ ।त्य्सको लागि डि-म्याट नम्बर र बैंक तथा ब्रोक्ररबाट मेरो शेयरको सुबिधा लिन आबश्यक छ ।कोरियामा भएका नेपाली बैंकहरुले पनि यो सुबिधा उपलब्ध गराउदै आएका छन् ।त्यस्तै अबको केहि महिनामै पुर्ण अनलाइन कारोबार प्रणाली शुरु भएपछी यसले झनै सहजता पाउने छ ।तर अबको केही समयमै ठुल्ठुला जलविद्युत कम्पनी र केही उत्पादन मुलक कम्पनिहरुको आइपिओ कोरियाबाटै भर्नलाइ अहिले नै तयारी अबस्थामा रहन सकिन्छ ।