कोरियामा “छुटेका अनुहार ” आउदै
जिवनका स-साना कोणलाई साहित्य मार्फत अभिव्यक्त गर्ने कवि तथा निबन्धकार हुन् रमेश सायन। उनको नविनतम कृति “छुटेका अनुहार ” आगामी हप्ता देखी दक्षिण कोरीयामा उपलब्ध हुने भएको छ।
लीपि बुक्सले बजारमा ल्याएको यस कृती असोज २० गते काठमाडौंमा सार्वजनिक भएको थियो। उक्त कृति दक्षिण कोरीया आउन लागेको प्रकाशन गृह लीपी बुक्सले जनाएको छ। अखबारी लेखनमा मन पराइएका सायन छुटेका अनुहारबाट पनि पाठकको मन जित्न सफल हुने विश्वास गरेका छन्।
लामो समय दक्षिण कोरीयामा आप्रवासी कामदारको रूपमा बसेको हुनाले भावनात्मक सम्बन्ध रहेको उनले बताए। त्यहाँ बस्दा भोगेका अनुभुतिपनि यस संग्रहमा रहेको हुनाले कोरीयामा बस्ने पाठकका लागि यो पुस्तक पुर्याउन लागेको उनको तर्क छ। कोरीयाका विभिन्न शहरमा पाइने उक्त कृतिका लागी विशेषरूपमा सुरेन्द्र कार्की र गणेश पौडेललाई पनि सम्पर्क गर्न सकिने कोरीयाबाट पौडेलले जानकारी दिए।
सायनको २०७१ मा कविता कृती “भागेर भुगोलभरि ” आइसकेको छ। कोरियामा किताब पढ्न चाहाने पाठकले सुरेन्द्र कार्की फोन न 010 9834 9778 र गणेश पौडेललाई फोन न. 010 2199 6366 मा सम्पर्क गर्न सक्नु हुने छ ।