अझै कयौं बर्स दशैहरु परदेश मै बित्नेछ्न


दक्षिण कोरिया,
गाउँ छोडी शहर पसेकाहरु झोला बोकि लस्कर लागेर गाउमा आउदा, परदेश तथा लाहुरदेखि गुन्टा र लामो टेप्रीकोट काधमा बोकेर रेडियो घन्काउदै मास्लो घरका कान्छा बा ‘आच्छा लेकिन’ भन्दै घर फर्किदा, वरपरका साथीहरू नयाँ कपडामा सजिदा साच्चै नेपालीहरुको महान चाड बिजया दशमी आएको अनुभुती हुन्थ्यो । दशैं आउनु अघि नै सबै गाउले भेला भएर बाटो खन्ने तथा सरसफाई गर्ने गर्थे । गाउका दिदीबहिनीहरु रातो माटो र कमेरो ल्याएर घर छेप्ने र लिपपोत गर्दे घरलाई टलक्क टल्काउने गर्थे ।
गाउँ छोडेर शहर बसेका दाजुभाइहरु सबै जम्मा हुन्थे । परदेशबाट दशै मनाउन फर्केका लाहुरेहरु टाउकोमा नरिबलको तेल लगाएर जुल्फी हल्लाउदै ‘अच्छा लेकिन,क्यानाम’ भन्दै लाहुरे भाकामा गफ गर्दा दशैंको रौनक नै अर्कै हुन्थ्यो । फुलपातीको दिनदेखि नै दर्शै शुरु हुन्थ्यो । नबमीको दिन गाउमा शिकार (मासु)नपकाउने त सायद कोहि हुन्थेन । सबैको घरमा बासनादार र मिठो मसला राखेर सिकार पकाउदा त गाउँ नै बास्नामय हुन्थ्यो । विजय दशमीको दिन सबैले नया नया कपडा लगाएर मान्यजनको हातबाट टीका र जमरा लगाउदै आशिष लिने गरिन्थ्यो ।
दशैंमा मान्यजनबाट आशिष भन्दा पनि हामी केटाकेटीहरुलाई त दक्षिणाकै बढी महत्व हुन्थ्यो । त्यसैले पनि टिका लगाउने होडबाजी नै हुन्थ्यो । दसैंमा जम्मा गरेको पैसाले दशैको दोस्रो दिन नजिकैको ताराखसे मन्दिरमा शराय नाच हुदा लाग्ने मेलामा जेरि (जुलेबी) किनेर खाने गथ्र्यौं। तर बिडम्बना, दशैंमा टिका लगाएर छोरी चेलीलाई मात्र दक्षिण स्वरुप पैसा दिने गरिन्थ्यो छोरालाई भने दक्षिणा दिने चलन थिएन । आफ्नो घर वरपर काका बडाको घरमा दक्षिणा नपाए पनि आमासँग दुई घण्टाको बाटो हिडेर मावला जाँदा भने दक्षिणा टन्नै पाइन्थ्यो । मामाघरमा टीका लगाएर पाएको पैसा तीन घन्टा लगाएर गन्दा पनि दस रुपैया पुग्दैन थियो । तर पनि यो मन कति खुसी हुन्थ्यो सायदै बर्णन गर्न सकिदैन ।
त्यति पैसाको पनि योजना भने कति हो कति । आहा, कति रमाइला थिए ती दिनहरु ती पलहरु । त्यो पैसाले के के मात्र किन्ने रहर थिएन होला । त्यो बेला धेरै नै चलनमा आएको टाइटनिक लेखेको रुमाल किन्नु पर्ने, लामो लामो कपाल कोर्ने गाइयो किन्नु पर्ने जो पाइन्टको पछिल्लो तिरको गोजिमा राखेर स्कुलमा साथीहरूलाई देखाउनु पर्ने रहर । भर्खरै पलाउन लागेको बैँसमा अनुहारमा क्रिम लगाउने रहर । त्यसैले त्यहि पैसाबाट वटरफ्ल्याइकोे डब्बा किन्नु पर्ने त्यति मात्र कहाँ हो र? आफू सुत्ने कोठाको भित्तामा टास्ने राम्रा राम्रा हिरोइनको पोस्टर सजाउने । तर यी सपनाहरु दशै सकिएसँगै चकनाचुर हुन्थ्यो ।
त्यो बेलाको दशैमा दस रुपैया नभए पनि कति रमाइलो थियो कति खुसी थियो यो मन । जोस थियो जागर थियो । समयसँगै जिम्मेवारी पनि बढ्दै गयो । पाँच रुपैयाँ, दश रुपैयाँ हुँदै एकसय, पाच सयदेखि हजार रुपैयाँसम्म दक्षिणा जम्मा हुने दिन आयो तब दशैमा टीका लगाउन गाउमा जम्मा हुने रमाइलो गर्ने अबसर नै जुरेन ? अहिले पनि फेरि दशै आएको छ तर म परदेशमा छु । परदेशबाटै धेरे दशैंहरु केवल सम्झनामा मात्र मनाइयो । तर यो शरीर टाढा भए पनि यो मन घरीघरी त्यहि गाउँमा पुगिरहन्छ, घुमिरहन्छ । लाग्छ, अझै कयौं दशैहरु यसै गरि परदेश मै बित्ने छ्न । हरेक दशैंमा बुबा आमा भन्नू हुन्छ, ‘दशै त आयो छोरा तर तँ आइनस । ‘ छोराछोरीले सोध्छन्, ‘बाबा तपाई अहिलेको दशैमा पनि न आउने ?’ श्रीमती फोनमै सुकसुकाउदै भन्छिन्, ‘दशै आएर के गर्नु हजुर नहुदा दिउसै अँध्यारो लाग्छ ।’
तर के गर्नु रहर त कस्लाइ पो थियो र यो एकान्त प्रवासमा एक्लै तड्पिएर गुम्सिन । देश बिकास होला र रोजगार देशमा नै खुल्ला अनि आफ्नै जन्मभूमिमा फर्कौला र आफ्नै परिवार नातगोता आफन्त साथीभाईसँगै दशै मनाउला भनेको । खै? कहिले आउला ती दिन ? २९ वर्षमा २७ जना प्रधानमन्त्री बनाउने मेरो देशले जनताको बारेमा सोच्ने समय नै पाएन । देशबाट बढ्दो पलायन युबा शक्तिलाई सन्चय गर्न सकेको छैन । केही गर्छु भनेर स्वदेश फर्केका साथीहरू छ महिनामा फेरि परदेशमै फर्केर आउदा मलाई पनि आफ्नै देश फर्कन्छु भन्ने आट नै आउन छाडयो । आशा छ देशमा आर्थिक बिकास हुँदै जानेछ रोजगारीका बाटाहरु खुल्दै जानेछन् । राजनीतिक स्थिरता हुने छ शान्ति सुरक्षाको अनुभुती जनताले पाउने छ्न अबको केही बर्समा कोहि पनि नेपालीले यसरी परदेशमा नै चार्डपर्ब मनाउन पर्ने छैन । यो बर्स यस्तै भयो अर्को बर्ष दशैमा टीका जमरा लगाएर सङ्गै रमाउला है साथीहरु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...