एनआरएनए बुसानको एक संरक्षक सहित पाँच सदस्य सल्लाहकार समिती गठन
एनआरएनए बुसानले १ संरक्षक सहित ५ सदस्य सल्लाहकार समिती गठन गरेको छ । विजया दशमी २०७५ सालको पावन अवसर पारेर आइतबार आयोजना गरिएको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रमका बिच समिती गठन भएको हो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष रबिन राई र, कूबिर चन्द्र लिङ्देनलाई सम्मान गरिएको थियो । एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ्ग राईको अध्यक्षतामा बसेको कार्यक्रमले निवर्तमान अध्यक्ष रबिन राई संरक्षक रहने गरी चयन गरेको सदस्य सल्लाहकारहरुमा विशेष सल्लाहकार एल बि विष्ट रहेका छन् भने अन्य सल्लाहकारहरुमा यल्जी विवश, चिन्तित कान्द्ङवा, श्रमदिप चौलागाई, आनन्द राई र जय राई रहेका छन् ।
कार्यक्रममा स्थानिय कलाकारले विभिन्न प्रस्तुति पस्केर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा हस्यकलाकार आशिष ठकुरिले सबैलाई पेट मिचिमिचि हसाउन सफल भएका थिए भने गायक उमेश ेवाहङ्ग राईले गीत प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रममा नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष यल्जी विवश र कवि दिनेश पाठकले आफ्ना सृजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैले एक अर्कालाई दशैको शुभकामना आदान प्रदान गरेका थिए ।