पहिलाे कफि सेफ (वारिस्ता) सगरमाथा अाराेही दाबुटी शेर्पा सम्मानित


याे सिजनमा सगरमाथा आरोहण गरेकी विश्वकै पिहलाे कफी सेफ दाबुटी शेर्पा (वारिस्ता दावा)लार्इ  सउलमा सम्मान गरिएकाे छ । आइतबार भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वुमन फर वुमन दक्षिण कोरियाले संयुक्त रूपमा सम्मान गरेकाे हाे ।

शेर्पाले गत बैशाख ३१ गते सगरमाथा स्वदेशी कफीलाई बिश्वमा प्रबर्द्धन गर्ने उद्देश्यले चढेकी थिइन् । उनले सगरमाथा शिखरमै कफी  बनाएर खुवाएकी थिइन् ।  `हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख´ भन्ने नारा लिएर सगरमाथा आरोहण गरेकी थिइन् । यसै कार्यकाे प्रसंसा गर्दै काेरियामा रहेका संस्थाहरूले सम्मान पत्र र दाेसल्ला लगाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा दक्षिण कोरियाको लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले सर्वोच्च शिखर सगरमाथामा पुगी विश्वमा छुट्टै तरिकाले नेपाल चिनाउन सकेकोमा हार्दिक बधाई दिदै यस्तो कार्य गर्नेलाई सदैब सहयोग गर्ने प्रतिबद्ध ब्यक्त गरे । हामी नेपालीकाे लागी याे गाैरबकाे  विषय हाे । साथै नेपालकाे कफिकाे बजार लागि पनि याे राम्राे तरिका  हाे । सबैले अनुकरण गर्न सके झन राम्राे हुने  थियाे । उनले भने ।

सम्मान कार्यक्रममा बाेल्दै आरोही शेर्पाले आफू बिगत सात बर्ष देखि कफी बनाउँदै आएको र सगरमाथाको चुचुरोमा पुगेर कफी बनाउने पाए भन्ने लागेकाे बताइन । साथीभाइसँग कुरा गर्दा नयाँ विश्व कीर्तिमानी हुन्छ भने । गाह्राे भए पनि सबैकाे सहयाेगले शिखर चढ्न सफल भएको बताइन् । अहिले साथीभाइले मलाइ `बादिस्ता दावा´ भन्छन् । मेराे काम स्वदेशमै स्वराेजगार हुन प्रयास गर्नु हाे । यसैकाे सिलसिलामा अहिले म काेरिया अाएकाे हुँ ।

उनी त्यही कफी बनाउने तालिमको लागि कोरिया आएकी हुन । उनले अब फेरि नेपाल फर्के लगतै अर्को हिमाल चढ्न क्याम्पेन सुरु गर्ने जानकारी दिइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रीय, जातिय र राजनीतिक संघ संगठनहरुको प्रतिनिधिहरू उपस्थित थिए । नेपाल अादिवासी जनजाति महासंघ कोरिया शाखाको कार्यबाहक अध्यक्ष मल्लिका थकालीको सभापतित्वमा भएको कार्यक्रमलाई महासंघकै सचिब युगेल टेन्डुप शेर्पाको संयोजकमा सप्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...