आपतकालिन राहत कोष स्थापना सहयोगार्थ नेपाल गोर्खा परिवार दक्षिण कोरियाले आगामी नोभेम्बर २५ तारिख कोरियामा नेपाली चलचित्र ‘छक्कापञ्जा ३’ देखाउने भएको छ । कोरियामा सक्रिय सस्थाको रुपमा स्थापित सस्थाको गत आइतबार सउलमा बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार उक्त चलचित्र प्रदर्शन गर्ने भएको हो ।
नेपालीहरुको अत्यन्तै जमघट हुने ठाउ सौलको दोङ्देमुनस्थित सउल जुङ्गु कुमिन ह्वेग्वान दोङ्देमुन (एन आर एन ए कोरियाको निर्बाचन भएको हल) मा दिन को ठिक १ बजे प्रदर्सन हुने आयोजकले जनाएको छ । हास्य कलाकार दिपक र दिपाको चलचित्र छक्का पञ्जा ३ नेपाली बक्स अफिसमै अत्याधिक ब्यापार गर्दै देश तथा बिदेसमा पनि अत्यन्तै सुपरहिट चलचित्र हो । कोरियामा बिभिन्न कामको सिलसिलामा बिरामी, आपत् बिपत परेका नेपालीहरुलाइ सहयोग गर्ने उदेस्यले ुआपतकालिन राहत कोष स्थापना सहयोगार्थु को लागि आयोजना गर्न लागेको संस्थाको अध्यक्ष नबराज गुरुङले बताउनु भयो। प्रबासमा रहेर पनि आफ्नो नेपाली चलचित्र , मौलिकता, संस्कार, संस्कृति सरक्षण र सम्बर्दन गर्न तथा काम को तनाबबाट केहि समय बाहिर निस्किएर रमाइलो गर्न, मनोरञ्जन प्रदान गर्ने कार्यक्रमको अर्को उदेस्य रहेको छ।
कोरियाबासि सम्पूर्ण नेपालीहरुलाई ‘छक्का पन्जा ३’ हेर्न आइदिन हुन गोरखा परिवारले अनुरोध गरेको छ। त्यसै गरि गोरखा परिवार ले छक्का पन्जा ३ प्यारोडिु कन्टेस्ट पनि राख्ने भएको छ। कोरियाभरि बनेको छक्का पन्जा ३ प्यारोडि मध्ये उत्कृष्ट एउटा प्यारोडिलाइ बिसेस पुरस्कार सहित सम्मान पत्र द्वारा सम्मानित गरिने भएको छ भने उक्त प्यारोडि २५ तारिखको दिन छक्का पन्जा ३ प्रदर्सन हुने हल मा देखाइने छ। नेपाल गोरखा परिबारले उक्त प्यारोडि कन्टेस्टमा सहभागी हुन सबै लाइ अनुरोध गरेको छ।