एसियन गेमका रजत पदक विजेता खेलाडीलाइ काेरियामा सम्मान
इन्डोनेसियामा सम्पन्न भएको एसियन गेममा रजत पदक बिजेता प्याराग्लाइडिङका खेलाडी हरुलाई शुक्रवार दक्षिण कोरियाकाे सउलमा सम्मान गरिएको छ । उनीहरू कोरियाको गोछांगमा अक्टोबर १७ देखि २१ सम्म सम्पन्न २०१८ प्रि प्याराग्लाइडिङ वर्ल्ड कपमा नेपालबाट सहभागिता जनाउन काेरिया अाएका हुन् ।
नेपाली प्याराग्लाइडिङ रास्ट्रिय टिम मुख्य प्रशिक्षक योगेश भट्टराई, टिम ब्यबस्थापाक कृष्ण भण्डारी, प्याराग्लाइडिङ खेलाडी तथा एसियन गेमका रजत पदक बिजेता बिशाल थापा, युकेश गुरुङ, विजय थापा, शुशील गुरुङ तथा प्याराग्लाइडिङ रेस्ट पाइलट सुरज थापा, निस्सिम थापा, कृष्ण सुनुवारलाई सम्मान गरिएको हो । नेपालका खेलाडीहरु बिभिन्न देशमा हुने खेलमा सहभागी भएर पदक जितेर नेपाल र नेपालीकाे पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकाे खेलाडीहरुको योगदानको कदर गर्दै हौसला स्वरूप सम्मान गरिएको कास्की परिवारका अध्यक्ष सुरज गुरुङले बताए । ‘हाम्राे लागी पनि खुशीकाे कुरा हाे । देशकाे नाम इज्जत बढाउने देशका गहनालाइ सम्मान गर्न पाउनु । तपाइहरूकाे हाम्राे गाैरब हुनुहुन्छ । यसरी नै प्रगती गर्नुहाेस । सफलताकाे शुभकामना ।’ उनले भने ।
कार्यक्रममा कास्की परिवार कोरिया, तमू धीं कोरिया, अन्नपुर्ण दुधपाेखरी सेवा समाज, तनहुं सम्पर्क समितिकाे संयुक्त अायाेजनामा भएकाे थियाे ।