तमू धीं दक्षिण कोरियाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार हुने
तमू धीं दक्षिण कोरियाले दक्षिणपुर्वी क्षेत्र ख्याङ्साङ्नाम्दोमा बसोबास गरिरहेका तमु(गुरुङ)हरुलाई समेट्ने उद्देश्यसहित नोभेम्बर ११ तारिख दोश्रो शाखा बिस्तार गर्ने भएको छ।
विभिन्न पेशा तथा व्यापार व्यावसाय गर्दै दक्षिण कोरियामा बसोबास गरिरहेका तमू(गुरुङ)हरुलाई आईपर्ने विविध दु:ख कष्ट तथा समस्याहरुलाई समाधान गर्ने,तमू भाषा,लिपी,भेषभूषा,धर्म,संस्कार र संस्कृतिको संरक्षण संवर्द्वन गर्ने उदेश्यले तमु धींकाे स्थापना भएकाे हाे । संस्थाले तमू समुदायका आपसी एकता,सदभाव अभिबृद्दि,समग्र तमू समुदायको बृहत्तर हित र समुदायको उत्थान एवं देश विदेशमा रहेका तमू संघ-संस्थाहरुसंग समन्वय गर्ने गर्दछ ।
स्थपना कालदेखि तमु धींले दक्षिण कोरिया र नेपालमा हुने विभिन्न प्रकारका सामाजिक क्रियाकलापहरुमा अाफ्नाे सक्रिय सहभागिता जनाएकाे छ । गत अप्रिल २९ मा पहिलो शाखा थेगुमा बिस्तार गरेको थियो। यसै क्रममा ईपिएस प्राणाली मार्फत कोरिया आउने नेपालीहरुको संख्या बढेसंगै कोरिया आउने तमूहरुको संख्या पनि स्वभाविक रुपमा बढेकाेले दाेस्राे खाशा ख्याङ्साङ्नाम्दोमा खाेल्न लागिएकाे तमु धींले जनाएकाे छ । विभिन्न पेशा तथा व्यापार व्यावसायको शिलशिलामा गरिरहेका तमू(गुरुङ)हरुलाई पनि संस्थाको मूल उद्देश्य अनुरुप समेटेर अगाडि बढाउने लक्ष्यसहित संस्थाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार गर्न लागेको हाे ।
संस्थाको केन्द्रिय अध्यक्ष जित गुरुङले भने । ‘त्यसैले नाेभेम्बर ११ मा किम्हे बुसानकाे लुम्बिनी रेष्टुरेन्ट दिउँसाे १२ बजे त्यस क्षेत्रका साथीहरूलाइ अाउन अनुराेध गर्दछु । हामी सबै मिलेर सानाे सानाे प्रयास गर्ने हाे । सबै साथीहरू अाउनु हाेला । अन्य क्षेत्रका साथीहरूलाइ पनि उपस्थित हुन अनुराेध छ । सउल र थेगूबाट कार्यक्रममा जानआउनको लागि यातयातको व्यवस्था पनि गरिएको जानकारी गराएको छ।’ उनले थपे ।