आभाष
प्रिय आँखा
तिमीलाई संसारको सबै भन्दा माया गर्छु ।
तिमी नभएका भए
जीवनका सादा र रङ्गिन रंगहरु छुट्याउन सकिदैन थियो
मोहीनी रङ्गका मुस्कानहरु
शितले भिजेका कोमल फूलहरुमा
घामको किरण देखिदैनथ्याे
देखिदैनथ्याे एउटा प्रेमको प्रतीक ।
उभौली उधौलीमा
जीवनको शिली नाच्दा नाच्दै
मन भित्र मन जोडेर
टागि रहेको थियो प्रेमील तान ।
र
कहिले
चौतारीमा मनको भारी बिसाऊदै
दोबाटोहरुमा भेट्दै छुट्दै
देऊरालीहरुमा पाती चढाउदै
निश: प्रवाह प्रेमको बदलाबमा
माथि माथि उडि रहेको थियो प्रेमको चंगा ।
मायाको डुङ्गामा बसेर
जीवनको किनारबाट
बिदाइका हातहरु हल्लनु
छितिजको डुब्न लागेको घाम हेर्दै
भबिष्यको सुन्दर सपनामा डुब्नु
एउटा सामिप्यता थियो
जीवनको सुन्दर आभाष थियो
प्रेमको आभाष थियो ।