पहिलो एनआरएन कपको उपाधी झापा फुटबल क्लब दक्षिण कोरियाले जितेको छ । दक्षिण कोरियाको फोछनसीको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा सुवन फुटबल क्लब विरुद्ध झापा फुटबल क्लब दक्षिण कोरियाले १-० को नतिजा निकाल्दै झापा एफसीले उपाधी जितेको हो ।
खेलको पहिलो हापसम्म दुबै टोलीले बराबरी खेलेका थिए। दोस्रो हापमा झापा एफसीका किरण जाबेगुको कर्नर किकलाई सदुपयोग गर्दै हाङ्सु लिम्बुले हेड मार्फत निर्णायक गोल सँगै झापा एफसीलाई उपाधी चुम्न सफल भयो । खेलको यो नतिजालाई उल्टाउन नसक्दा सुवन एफसीले पहिलो एनआरएन कपको दोस्रो स्थानलाई चित्त बुझाउनु पर्यो ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले आयोजना गरेको पहिलो प्रतियोगिताको उपाधी जितेका झापा एफसीले ३० लाख कोरियन वन, सिल्ड, मेडल र प्रमाणपत्र पाए । त्यस्तै उपबिजेता सुवन एफसेले १८ लाख कोरियन वन, शिल्ड, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा १४ समूहको सहभागिता थियो । खेल नाकआउट सिस्टममा खेलाइएको थियो । त्यस्तै प्रतियोगितामा ३ गोल गर्न सफल गुन्सान एफसीका मनोज लिम्बुले ‘सर्वाधिक गोल’को उपाधी पाए भने सुवन एफसीका किप्पर पवन लामाले ‘बेष्ट किपर’ को उपाधी पाए । त्यस्तै बेष्ट खेलाडीको उपाधी झापा एफसीका हाङ्सु लिम्बुले पाए ।
पहिलो एनआरएन कपको समापन कार्यक्रममा बिजेता, उपबिजेता समूहलाई एनआरएन अध्यक्ष लक्ष्मी गुरुङ, खेल संयोजक बिपिन गुरुङ, एनआरएनका पूर्व अध्यक्ष लगायतले पुरस्कार वितरण गरेका थिए । याे प्रतियाेगिता बर्षकै अन्तिम प्रतियोगिता हाे । अब २०१९ को सिजनमा गर्मी मौसम शुरु भए पछि अन्य फुटवल प्रतियोगिता सुरु हुनेछ ।