दक्षिण काेरियामा रहेका याक्थुङहरुको नोभेम्बर ९ तारिख शुक्रबार भएकाे भेलाबाट युमा साम्यो महासभा दक्षिण कोरिया शाखाको तदर्थ समिती गठन गरिएको छ।
शिव कुमार पयाङ्गुको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
नव निर्मित कार्यसमितीको उपाध्यक्षमा गणेश केरुङ, सचिवमा आइतराज लिम्बु, सह सचिवमा मिलन लिम्बु र नीर कुमार लुम्फुङ्वा यसैगरी कोषाध्यक्षमा सुशील चेम्जोङ रहेका छन्। कोरिया शाखाको सदस्यहरूमा विवेक पयाङ्गु, प्रेम पयाङ्गु, संगम हाङ्स्रोङ्बा, पुर्ण मिभक, सुयोग चेम्जोङ, सन्तोष पंधाक, बिरबल केरुङ, हरि लिम्बू, होम कुमार पंधाक, मोहनसिंह सिंघक र मनोज मादेम्बा चयन भएका छन् अन्य सदस्यहरुमा श्याम मादेम्बा, सागर पयाङ्गु, मोहन लिम्बु, देविन आङ्बो, सुन्दर लुम्फुङ्वा, सन्जिप लुम्फुङ्वा, राजन खापुङ, सुवास नेम्बाङ, जय माबो, रिकुम लिम्बु, सुर्य काङ्भा, दिर्ज काङ्भा, दिपेस लाओति डि बि लिम्बु रहेका छन्।
तदर्थ समितिको विशिष्ट सल्लाहकारहरुमा सम्शेर पंधाक लिम्बु, महेन्द्र विक्रम नेम्बाङ (वियोगी काइला) र मिराप काम्बाङ रहेका छन् भने सल्लाहकारहरुमा बिङ्कल चेम्जोङ,उत्तम खजुम,अंशुबर्मा लुम्फुङ्वा, सुरेश सिंह सम्बाहाङ्फे, खगेन्द्र पालुङ्वा र दिवस पयाङ्गु छन्। नव गठित युमा साम्यो महासभा दक्षिण कोरिया साखाले सबै धर्म संस्कृतिको सम्मान गर्ने, सबै जात जाती धर्म सम्प्रदाय संग सद्भाव कायम राख्ने र चुम्लुङप्रती पनि आस्था राख्दै आफ्नो मौलिक भाषा धर्म संस्कृतिको संरक्षण सम्बर्द्धनमा कृयाशिल रहने जनाएको छ।