नोभेम्बर १८ मा नेपाल तामाङ संघले विश्व शान्ति (तारा) पुजा गर्ने
नेपाल तामाङ संघ दक्षिण कोरियाले विश्व शान्तिको कामना गर्दै नोभेम्बर १८ आइतबार तारा पुजा (विश्व शान्ति पुजा) गर्ने भएको छ । पुजा कार्यक्रम जिहेङको नागार्जुन गुम्बामा बिहान १० वजेबाट सुरु हुनेछ ।
संस्कृतिक संस्कारको संरक्षणसँगै विश्वको शान्तिको कामना हुने भएकोले विश्व शान्ति पुजा गर्न लागेको नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले बताए । ‘हामी संसार भरि रहेका जीवहरुका मंगल होस भन्ने चाहान्छौ । यो हामी मानवहरुको एउटा सानो प्रयास पनि हो ।’
पुजा कार्यक्रममा दक्षिण कोरियामा रहेका सबै समुदाय उपस्थित हुन सक्ने संघका महासचिव गोकुल थोकरले बताए । ‘यो बौद्धधर्मालम्बीको लागि मात्रै होइन । यो पुजा सम्पुर्ण मानव र जीवहरुका लागि हो । त्यसैले फुर्सत हुने साथीहरु आउनुहोला । पुजा हुने ठाउँ मेट्रो लाइन १ को जिहेङ स्टेशनको नार्गाजुन गुम्बामा हाे ।’ उनले थपे ।