विश्वको शान्तिको कामना गर्दै नेपाल तामाङ संघले गर्यो तारा पुजा
नेपाल तामाङ संघ दक्षिण कोरियाले विश्व शान्तिको कामना गर्दै आइतबार तारा पुजा (विश्व शान्ति पुजा) गरेको छ । पुजा कार्यक्रम जिहेङको नागार्जुन गुम्बामा भएको थियो ।
‘तारा पुजा तामाङको मात्रै होइन यो सबै बौद्धधर्मालम्बीको एउटा संस्कार हो । यसमा विश्व भरि रहेका मानव र जीवजन्तुको राम्रो होस् भन्ने कामना गरिन्छ ।’ नार्गजुन गुम्बाका लामा प्रमुख उर्गेन लामाले भने । ‘यस्तो पुजा आफ्नो ईच्छा अनुसार तीन महिना, छ महिना वा एक बर्षमा एक चोटी गर्दा राम्रो मानिन्छ ।’ उनले थपे ।
तामाङ संघले तारा पुजा बर्षको एक पटक गर्दै आएको नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाईवाले बताए । ‘यस्तो पुजाले मनमा शान्ति त दिन्छ नै विश्वमा शान्तिको कामना गर्दा राम्रो शन्देश पनि जान्छ । हामीले सक्ने गर्ने हो ।’
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।