लेख्न नसकिएको कविता


मैले लेख्न नसकेको कविताको
शीर्षक हो बलात्कार
मैले पढ्न नसकेको समाचारको
हेडलाईन हो बलात्कार
र मैले उच्चारण गर्दा गर्दै जिब्रो लट्पटिएको
शब्द हो बलात्कार

उ पनि मान्छे
उनी पनि मान्छे
एउटा मान्छेले, अर्को मान्छेलाई
बलात्कार गर्यो र घाँटि निमोठेर मार्यो
यो कुन ठुलो कुरा हो र??
तर यो खबर अाम् मान्छेहरुले किन सुन्न सक्दैनन् ?
कविहरुले बिषय बनाएर किन कविता लेख्न सक्दैनन्?
छोरीहरु किन घरबाट निस्किन डराउँछन्?
अामाहरु किन छाेरीकाे लागी डराएर बाँचिरहन्छन् ?
यो भयानक ठुलो कुरा हो
सोच्नुहोस् एकैछिन् ।

राम्ररी खुलेर कक्षामा
यौन शिक्षा पढाउन नसक्ने गुरुले
अाफ्नै छात्रा माथि गर्छ बलात्कार
सुरक्षामा तैनाथ राष्ट्रसेवकहरु नै
गुहार माग्दै अाएकी बिधुवा माथि गर्छ बलात्कार
अाफ्नै विर्यदानबाट जन्मिएको छोरीमाथि
बुबाले गर्छ बलात्कार
क्रमश: हजुरबा, दाजु र अाफ्नै साथीहरु
गरिरहन्छ नानीहरुलाई बलात्कार
के सुनि सक्नुको समाचार हो यो?
सहि सक्नुको पीडा हो यो??
लेखि सक्नुको कथा हो यो?
कलमहरु छट्पटाएका छन्
जमेका छन् मसीहरु
यस्तोबेला कस्ले के लेख्न सक्छ?
सोचमग्न छु ।

एकातिर
ढोँगी मनगढन्तेहरु अाफ्नो वाहियात सिद्वान्त
बेचिरहन्छ सञ्जालतिर
भन्छ, “केटिहरु नाङगिनुले बलात्कार बढ्यो”
देश बिगार्यो नाङगाहरुले
किन यसो भन्छन् ? भन्नेहरु नै जानुन्
पश्चिमाहरुको नाङगो शरिर नाङगै अाँखाले हेरेर
स्वप्नदोषमा निदाउनेहरु
अर्थोक के भन्न जानोस् ?
र पो लगाईरहेछ लाञ्छना
ती कलिला नानीहरुमाथि
जस्को शिरपुछार छोपिएका
सुकोमल, कलिलो अङगहरु
कसरि भत्काई लगेका छन् पिपासुहरुले
यो नसोचि नसोचि खोकिरहेछन्
खोक्रो घोग्रोहरु
जो यथार्थताको घाममा सुकेर खङग्रङग हुनेछ एकदिन ।

सरकारलाई खकार बनाएर कतिले थुकिफाले
भनिसाध्य छैन
अनुहारभरि परेको थुक
बिदेशी ब्रान्डेड रुमालले पुछ्दै बस्छ सरकार
सुकिलो भैजान्छ थुकको दाग
दाग त त्यो बुट्यानहरुमा छ त्याे पातहरुमा छ
जस्ले साक्षात् भएर बलात्कार हेरिरहेको छ
नानीहरुको चित्कार सुनिरहेको छ
र पीडाले उछिट्टिएका रगतका राता छिर्काहरु
लाचार भई सहिरहेको छ
कता जानु न्याय खोज्नु ?
न्यायालयहरु बाहिर ढोकामा ताल्चा मारेर
भित्र लुडो खेलिबसेको छ

यसर्थ,
ठप्प रोकिएर म कलमबाट
अरगज्ज बसिरहेको छु
गहिरो भावमा डुब्नु पनि खासमा रित्तो हुनु रैछ
ठुलो चोट लाग्दा हत्पत रगत नबग्नु जस्तै
गहिरो पीडामा अाँसु नझर्नु जस्तै
म अाफुबाट हराएर अरु केही भईरहेको छु
जबसम्म भैरहनेछ निर्मम् बलात्कार कलिला फूलहरुको
तबसम्म सायद
यस्तै भईरहनेछु सँधैभरिको लागि ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...