तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले महिला सेल्टर सञ्चालन गर्ने
कोरियन सलनालमा तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसानले २८५५ औँ सोनाम बृहत् ल्होछार संस्कृतिक कार्यक्रम सहित महिला सेल्टर “नाना आङा धिम, किम्हे” उद्घघाटन गर्ने भएको छ ।
‘हामी बुसान क्षेत्रमा महिला सेन्टर खोल्न गैरहेका छौ । सलनालबाट औपचारिक रुपमा नानाआङा धिम संचालन हुनेछ । यसले यो क्षेत्रका सबै दिदी बहिनीलाई सजिलो हुनेछ ।’ तामाङ समाज ख्यङ्सङ्नाम्दो दक्षिण कोरियाका महासचिव मिलन थिङ तामाङले भने ।
‘तामाङ समाज ख्यङ्सङ्नाम्दो बुसान, दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोन तामाङले ल्होछार कार्यक्रममा उपस्थित भैदिन आग्रह गरे । ‘यो संस्कृतिक कार्यक्रम सबै नेपालीको हो बुसान क्षेत्रमा बसेका साथीभाइलाई उपस्थित भइ आर्थिक, भौतिक र नैतिक सहायोग गरिदिन आग्रह गर्छौ ।’ उनले भने ।
संस्कृतिक कार्यक्रमकाे कुन दिन गर्ने तामाङ समाजकाे अागामी बैठकले निर्धारण गर्ने पनि अध्यक्ष ब्लाेनले जानकारी दिए ।