करेन्ट पिडित भुजेललाई सिन्धुली समाज दक्षिण कोरियाबाट सहयोग
सिन्धुली समाज दक्षिण कोरियाले करेन्ट पीडित शेरबहादुर भुजेलको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान संचालन गरी सहयोग गरेको छ ।
गत दशैंको फुलपातीको दिन सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वाड नं १ बाँझाबारिका राजु भुजेलका छोरा बर्ष १४ का शेरबहादुर भुजेलको गोठालो जाँदा करेन्ट लागि गम्भीर घाईते हुँदा उपचारका क्रममा देब्रे हात काट्नुपरेको र दाहिने हात पनि जिबन्त उपयोग बिहिन भएको र परिवारको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेकोले जीवन उपार्जनका लागि समेत ज्यामी, मजदुरी गर्दै आएको परिवारलाई पर्न गएको बज्रपात र घाइते शेरबहादुर भुजेलको उपचारमा भएको चरम आर्थिक संकटमा सिन्धुली समाज दक्षिण कोरियाले गत नोभेम्बर १९ देखि २५ सम्म एक हप्ते आर्थिक सहयोग संकलन अभियान चलाई सहयोग गरेको हो। उक्त अभियानमा १५ लाख ६७ हजार ५ सय वन (नेपाली करिव १ लाख ५५ हजार ७ सय ३४ रुपैयाँ ) संकलन भएको थियो ।
उपचारार्थ शेरबहादुर भुजेल र उस्को परिवारलाई थोरै भएपनि राहत पुगेको जनाउदै सिन्धुली समाज दक्षिण कोरियाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । सिन्धुली जिल्लाबाट विभिन्न सिलसिलामा कोरियामा रहेका सिन्धुलीबासिहरुको साझा सामाजिक संस्था सिन्धुली समाज दक्षिणी कोरिया भर्खरै मात्र स्थापना गरिएको संस्थाबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छ ।