याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुजित घिसिङ्
याङ्सान नेपाली परिवारको आठौं अधिवेशन सम्पन्न भएको छ । ख्यङ्साङ्नाम्दो, बुसान क्षेत्रको पुरानो क्षेत्रीय संस्था याङ्सान नेपाली परिवारको गत २ तारिक आइतबारका दिन याङ्सान नेपाली आवाश गृहमा अधिबेशन सम्पन्न भएको हो । पुर्ब अध्यक्ष लुम ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले पुनः निबर्तमान अध्यक्ष सुजित घिसिङकै अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
अधिबेशनको खुल्ला सत्र कार्यक्रममा प्रमुख अतिथि लगायतका अन्य अतिथिहरुले आफ्ना भनाइहरु सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष जिना गुरुङले आफ्नो कार्यकालको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम नवराज वाग्लेले सञ्चालन गरेका थिए ।
विगत दुई वर्षदेखि याङ्सान नेपाली परिवारले आवाश गृह पनि सञ्चालन गर्दै आइरहेको छ । यस क्षेत्र वरिपरि आवाशको आवश्यकता पर्ने जो कोहि नेपाली आश्रय लिन सक्ने संस्थाका अध्यक्ष घिसिङ्ले बताएका छन्।