नेपाली सम्पर्क समितिले गर्यो सलनालको कार्यक्रम बाँडफाँड
नेपाली सम्पर्क समिति (एनसिसि) दक्षिण कोरियाले सलनालको लागि साँस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ । आइतबार सउलमा भएको कार्यक्रममा दक्षिण कोरियामा रहेका सक्रिय तीनवटा संस्थाले सलनालमा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
फेब्रुअरी ३ तारिख आइतबार नेवा पुचःले कार्यक्रम गर्ने एनसिसीले बताएको छ । सलनालको पहिलो दिन फेब्रुअरी ४ तारिख उदयपुर सेवा समाज दक्षिण कोरियाले आफ्नो प्रस्तुति दिने बताइएको छ । सलनालको दोस्रो दिन अर्थात फेब्रुअरी ५ तारिखमा नुवाकोट समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने भएको छ । सलनालको अन्तिम दिन भने कुनै पनि संघसस्थाले कार्यक्रम आयोजना नगरेको एनसिसीले जनाएको छ । पहिले जस्तो कार्यक्रम बाँडफाँडमा समस्या नआएको एनसीसीका अध्यक्ष अन्जु केसीले बताइन । कार्यक्रम लिएर आउनुभएका संघसंस्थाका प्रतिनिधीहरु मिलेर नै आएकाले समस्या उत्पन्न भएन । हामीले उहाँहरुको माग अनुसार नै कार्यक्रम दिएका छौ, उनले भनिन् ।
कार्यक्रम बाँडफाँडका लागि नया विधी बिधान बनाएको नेपाली सम्पर्क समितिका महासचिव निर्मल कुमार बेलवासेले जानकारी दिए । यो बर्ष दुई वटा क्षेत्रीय र एउटा जातीय संस्थाले कार्यक्रम गर्ने अनुमति पाएको एनसीसीका महासचिब निर्मल कुमार बेलवासेले बताए । कार्यक्रम बाडफाड कार्यक्रममा एनसीसीले विभिन्न सामाजिक संस्थाहरुलाई प्रमाणपत्र तथा खादा ओढाएर सम्मान पनि गरेको थियो ।