नेपाल तामाङ संघ दक्षिण काेरियाले फेब्रुअरी ४ मा सोनाम ल्होछार मनाउने


नेपाल तामाङ संघ दक्षिण कोरियाले सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिखमा  मनाउँने भएको छ । तामाङ समुदायको नयाँ बर्ष एवं २८५५ औं सोनाम ल्होछार (सुँगुर बर्ग)को अवसरमा कोरियामा राजधानी सउलमा बृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम गरि मनाउँने भएको हो ।

कोरियनको नयाँ बर्ष सलनालको पहिलो दिन फेब्रुअरी ४ तारिखमा तामाङ संघ सदा झै साँस्कृतिक र सांगीतिक माहोलमा सबै तामाङहरु एकै स्थानमा जम्मा भइ मनोरञ्जनात्मक रुपमा मनाउँने संघका अध्यक्ष मेघप्रसाद तामाङ बताए । उनले भने -`यहाँ नेपाल तामाङ संघले हरेक बर्ष यही सालनालको पहिलो दिन मनाउँदै आएको हो र यसपाली पनि त्यस्तै पहिलो दिनमै मनाउँने हो ।´ आइतबार संघले सउलमा रहेको संघकै `तामाङ धिम´मा `२८५५ औं फाग् ल्हो सोनाम ल्होछार मूल आयोजक समिति´ गठन गर्दै यसपाली बृहत रुपमै मनाउँने संघले निर्णय गरेको छ ।

संस्थाको अध्यक्ष मेघप्रसाद तामाङको संयोजकमा मूल आयोजक समितिको गठन गरिएको छ । मूल आयोजना समितिसंगै विभिन्न सात उपसमिति पनि गठन गरिएका छन् । जसमा संस्थाको सल्लाहकार रबिन तामाङ ,टिकाराम तामाङ र उपाध्यक्ष स्नेहा लामालाई कार्यक्रम हल ब्यबस्थापन उपसमितिमा चयन गरेको छ भने महासचिव गोकुल थोकरको संयोजकत्वमा ल्होछार तथा कार्यक्रम प्रचारप्रसार समिती गठन गरेको छ । त्यस्तै कलाकार ब्यबस्थापन उपसमितिमा संस्थाको वरिष्ठ उपाध्यक्ष रबि लामा, कलाकार युनिक दोङ, राज ब्लोन, भवश्बी बम्जन, अमर थोकर सरोबर र ज्ञान लामालाई चयन गरेको छ । अतिथी ब्यबस्थापनमा संस्थाको उपाध्यक्षहरू सरिता लोप्चन, स्नेहा लामा, बुद्ध लामा, सचिब कमला थोकर, कला ग्लान रहेका छन् । स्वयंसेवक ब्यबस्थापनमा उपाध्यक्ष बुद्ध लामा, सानू लामा,  सुरेश थोकर, समीर बम्जनलाई चयन गरेका छन् ।

ल्होछार सांगीतिक कार्यक्रमको लागि नेपालबाट सेलो, म्हेन्दो माया गायक, गायिका काेरिया अाउने छन् । नेपाल तामाङ संघ कोरियामा सन् २००३ मा स्थापना भएको हो । हाल यो नवौं कार्यसमिति हो र नवौं कार्यसमितिको यो पहिलो ल्होछार कार्यक्रम हो । आजको भेला एवं कार्यसमितिको बिशेष बैठकले ओखलढुंगाका समीर बम्जनलाई कार्यसमितिको सदस्यमा चयन गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • “खुस्मा ” सौल शो हाउसफुल, धिरज मगर सँगै दर्शकले हेरे चलचित्र
  • “१२ गाउँ ” को किम्हे शो हाउसफुल, टिकट नपाएर फर्किने धेरै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...