दोस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सबमा चित्रकार बाबु साइला ‘युवा प्रोत्साहन सम्मान’बाट सम्मानित
लेटस् सेलिब्रेट अफ वाटर कलर नारा सगैं शुरू भएको दोस्रो अन्तर्राष्ट्रिय जलरंग महोत्सब २०१८मा चित्रकार बाबु साइला ‘युवा प्रोत्साहन सम्मान’बाट सम्मानित भएका हुन्।
बिभिन्न ३९ देशका जलरंग हस्तीहरूको जमघट रहेको महोत्सव डिसेम्वर ३ देखि ९ सम्म काठमाडौ र लुम्बिनीमा सम्पन्न भएको थियो।
महाेत्सबमा उत्कृष्ट चित्र कोरेका दशजनालाई अवार्ड र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो। महोत्सवमा चित्रकार बाबु साइला ‘युवा प्रोत्साहन सम्मान’बाट सम्मानित भएका हुन्। महाेत्सबमा मंगोलियाका मुङ्खु गुगु, भारतका प्रशान्त कटुवा र अमलेस मजुमदार र नेपालका लालकाजी लामा, जीवन पौडेल डीराम पाल्पाली, मनोज तामाङ, सुरेश स्याङतान, डीवी राई र महेन्द्र राई पुरस्कृत भएका थिए।
अन्तर्राष्ट्रिय जलरंग समाज,बिश्व प्रमुख एवं संस्थापक अतानुर डोगनद्वारा नेपाल प्रमुख एन.बि. गुरूगं,भारतका देशीय प्रमुख अमित कुमार लगायत बिभिन्न देशीय प्रमुखहरूको उपस्थितीमा समापन समारोहमा बाबु साईलालाई अवार्ड प्रदान गरेका हुन्।
विदेशी भुमि काेरियामा व्यस्त रहंदा पनि निरन्तर जलरंगमा लागेर योगदान पुर्याएका कारण बाबु साईलालाई उक्त अवार्ड दिईएको आई.डब्ल्यु.एस.नेपालका महासचिब कलाकार दीपेन्द्र मान बनेपालीको भनाईछ । यस अगाडि पनि दर्जनौं संघ संस्थाबाट सम्मानित भैसकेका बाबु साईला कामदारको रूपमा ५ बर्ष कोरिया बसेर फर्केका हुन्।