सुर्खेत समाज दक्षिण कोरियाद्वारा ‘गजेन्द्र सर’लाई सम्मान


सुर्खेत समाज दक्षिण कोरियाले गजेन्द्र राना मगर (गजेन्द्र सर) लाई ग्रमीण शिक्षा क्षेत्रको गुणस्तर सुधारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । समाजले बिहिबार सुर्खेतमा गजेन्द्रलाई सम्मान गरेको हो ।
तपाई हाम्रो सुख दुस्खको साथी भन्ने नारा सहित सन् २०१३ मा स्थपना भएको सुर्खेत समाज दक्षिण कोरियाले स्थपना कालदेखि नै कोरिया र नेपालको विभिन्न क्षेत्रमा सामाजिक कार्य गरिरहेको छ । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका १४ गुमीको जन संयुक्त प्राथमिक विद्यालयमा विगत ४ बर्षदेखि निशुल्क पढाउँदै आएका मगरले उक्त ठाँउको शिक्षा क्षेत्रको गुणस्तर सुधार र सरकारी विद्यालयको विकास र सम्वर्द्वन गर्नमा पुर्याएको महत्वपूर्ण भूमिकाको उच्चतम मुल्यांकन गर्दै रकम सहित सम्मान गरिएको सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष तुलश कुमार गुरुङले जानकारी दिए ।
कलिलै उमेरमा बुबा आमा दुवै गुमाएपछि अनाथ आश्रम पढेका गजेन्द्र सरले हर्मन माईनर स्कुलबाट एसएलसी हुदै मास्टर डिग्री पढेका छन् । आफ्नो पढाइ सकेसँगै उनी चार बर्ष देखि सुर्खेतको जनसंयुक्त प्राथमिक विद्यालयमा पढाइ रहेका छन् । उनको सम्मानमा दक्षिण कोरियामा संकलन गरिएको एक लाख एघार हजार एक सय एघार रुपैया कोरियाबाट नेपाल फर्केका सुर्खेतबासी युवाहरुको समुह कोरिया युवा गु्रप सुर्खेतको सहसंयोजक गोपाल खड्का र गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विकले संयुक्त रुपमा सम्मान गरेका थिए । साथै उक्त कार्यक्रममा १५० जना विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...